Wednesday 30th September 2026

कविताः मेरो सपना -इन्द्र बान्तवा ‘देवा’


हिडेथें म सपना खोज्न हरायो कहाँ,
गरेथें संघर्ष सपना भेट्न अल्पियो कहाँ ।
दौडाएथे कल्पना अविराम गतिले जहतहा,
बिउझि हेर्दा म त छक्क कहाँ पुगे कहाँ ।।

सपनालाइ पूरा गर्न शुरु गर्ने कहाँ,
सपनालाइ सजाउन के गर्ने कहाँ ।
बाटो कुन हो देखाउने कोहो म पुगे कहाँ,
सीप के हो उदेश्य के हो बुज्नुछ मैले यहाँ।।

बाटो पो कतै अर्कै पो पर्यो सोध्ने कहाँ ,
तन्किदै जान्छ क्षितिजसरि भेटाउ म महा ।
सपना मेरो पूरा गर्ने बिश्चास अटल यहाँ,
पछ्याउछु म सपनालाइ यहिछ उदेश्य यहाँ ।।

-इन्द्र बान्तवा ‘देवा’
कटुन्जे, भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...