Wednesday 30th September 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ११


गजल
धारिलो त्यो हतियारले,बाँझो जमिन फोड्नुपर्छ।
ज्ञान बिज्ञान विद्या विवेक,विकास तिर मोड्नु पर्छ।

ब्यक्ति समाज सिङ्गो देश,अझै राम्रो बनाउन ,
कुरित र कुसंस्कार लाई,आजै बाट छोड्नुपर्छ।

उधोग धन्दा कल कारखाना ,प्रविधि नि नभै हुन्न,
कर्णालीको माटो पनि,सडकले जोड्नु पर्छ।

शोषण दमन भ्रष्टाचार,अन्याय र अत्याचारलाई,
सत्कर्म र क्रषि मनले,एक एक गरि गोड्नु पर्छ।

सफलताको शिखर चुम्ने,प्रतिभाको सम्मान गर्दै,
नाम दाम इनाम सहित,दोसल्ला नि ओढ्नु पर्छ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८ सुनखानी दोलखा ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...