Wednesday 30th September 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – १


गजल
***
मौकामा चौका हान्यो दिल फाटिएको बेला ।
ऊ नि कम कहाँ थियो र! ठाटिएको बेला ।।

हानथाप पर्दथ्यो उन्लाई प्रस्ताब राख्दा
लुते कुकुर झैं फर्कियो आटिएको बेला ।

बुझ्दथे म गिद्दे नजर सधैं उनी माथि
रिसले मर्थ्यो माया प्रेम बाटिएको बेला ।

उन्लाई आपद पर्दाखेरी साथ दिन्थे म
कहाँ गएथ्यो उन्को खुट्टा काटिएको बेला ।

गल्ति मेरै भयो क्रोधमा बोले मनपरी
उन्को मन पनि भाँचियो झाटिएको बेला ।

शर्मिला श्रेष्ठ
ललितपुर, नेपाल
हालः अमेरिका ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...