Monday 26th October 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – १


गजल
***
मौकामा चौका हान्यो दिल फाटिएको बेला ।
ऊ नि कम कहाँ थियो र! ठाटिएको बेला ।।

हानथाप पर्दथ्यो उन्लाई प्रस्ताब राख्दा
लुते कुकुर झैं फर्कियो आटिएको बेला ।

बुझ्दथे म गिद्दे नजर सधैं उनी माथि
रिसले मर्थ्यो माया प्रेम बाटिएको बेला ।

उन्लाई आपद पर्दाखेरी साथ दिन्थे म
कहाँ गएथ्यो उन्को खुट्टा काटिएको बेला ।

गल्ति मेरै भयो क्रोधमा बोले मनपरी
उन्को मन पनि भाँचियो झाटिएको बेला ।

शर्मिला श्रेष्ठ
ललितपुर, नेपाल
हालः अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...