Tuesday 8th September 2026

कविताः एकता वेपत्ता – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


एकता नानी बेपत्ता भइन् बहुदल आएर
स्वार्थका भोगी कुरौटे नेता दलमा लागेर
आर्जेका थिए पुर्खाले जोडी बाइसे चौविसे
पारेर टुक्रा लगाए बिलो स्वार्थका भोगिले ।१।🌷🙏🌺

तड्पिन थालिन् एकता नानी कुनामा बसेर
एकता मार्न जुटेका बिच्छी सर्पले डसेर
कुर्सीमा पुगी सम्पति जोड्ने मनमा पाप छ
त्यसैले होला जुट्ने र फुट्ने नाटक चल्दछ।२।🌷🙏🌺

नेपाल आमा काटेर बिलो नेताले लगाए
सबैले मिली आमाको मासु खाएर अघाए
देशको हैन आफूको हित सोचेर जुटेका
आफूको सर्द नपर्न देखी तत्काल फुटेका ।३।🌷🙏🌺

सत्यता नानी सभ्यता नानु भव्यता शुध्दता
बिलौना गर्छ्न् चित्कार गरी कुनामा बसेका
दुष्टता नानी कपटी बानी अहिले हावी छन्
दानवसाथ मित्रता गाँसी लोकमा डुल्दैछन् ।४।🌷🙏🌺

सबैको इच्छा भलाई भए जुटेर गर्दामा
एकता नानी खुशीले बस्छिन् आएर साथमा
दिनको लागि लडाइँ हो कि आफूले लिनको
शंका नै लाग्छ चरित्र देख्दा नक्क्ले नेताको ।५।🌷🙏🌺

नेपाली हामी विश्वमा नामी एकता पुजारी
जुटेमा हामी भलाई हुन्छ माहुरी जसरी
ढेडुवा जस्तो गुटमा भुल्दा मान्यता नहोला
मरेर जानु सबैले पर्छ नश्वर यो चोला ।६।🌷🙏🌺

 

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...