Friday 5th March 2021

कविताः समय – हरिणी छन्द -हरि शर्मा (गलकोटे कवि)


वर्ण-१७
विश्राम-६,४,७
नसमरसला, ग: षडेवेदै-र्हयैर्हरिणी मता ।

हरबखतमा उड्दै गर्ने चरा जसरी यहाँ
अलमल बिना फत्ते गर्ने जुनै सपना जहाँ
झटपट गरी धन्दा आफ्नो पुरा नगरी ढिलो
तपसिल बुझी आनाकानी बिना छिनमै हिँड्यो ।१।🌷🙏🌺

अकपट सदा आशावादी बनेर उचाइमा
सफल जगमा हामी देख्छौँ अनेक सवालमा
समय धनको साथी जानौँ सदैव घुमाइमा
सुख दुख सदा साथै राख्ने समान विचारमा ।२।🌷🙏🌺

टिकटिक गरी बढ्यो चढ्यो उचाइ हतारमा
अभिनय खुबै सर्वेसर्वा लडाइँ विचारमा
कतिपय लडे खाल्टाखुल्टी असङ्ख्य सवारमा
कतिपय भनेँ मेरो यस्तै कपाल निधारमा ।३।🌷🙏🌺

सफल जसले चिन्यो जान्यो उपाय प्रयासले
असफल भए जानीजानी कुजात विनाशले
दिनदिन बिते नानाभाँती गराइ बसाइले
अलमल परे जोरीखोजा सुताइ उठाइले ।४।🌷🙏🌺

अगति जनता मार्दा काट्दा कठोर प्रकारले
अपयस मिल्यो यस्तो खाले कुकृत्य विचारले
समय गणना पाखण्डीको सदैव कुकार्यमा
हरपल डुब्यो ज्ञानी मान्छे सुशील विचारमा ।५।🌷🙏🌺

-हरि शर्मा
मिशिगन, अमेरिका ।


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन…

तितोपाटी- दक्षिण पूर्व टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको रक्षा…

तितोपाटी- आप्रवासी कामदारलाई कतारको श्रम कानूनसम्बन्धी जानकारी नेपालीसहित ६ वटा भाषामा ह्वाट्सएपमार्फत नै प्राप्त गर्न सकिने भएको छ । प्रशासनिक…

प्रतिकृयाहरू