Friday 4th July 2025

कविताः चञ्चले चित्त – छन्द: स्रग्विणी -हरि शर्मा (गलकोटे कवि)


सूर्यले बाँड्दछन चन्द्रमा बाँड्दछन्
वायु ती सभ्य छन दानका भक्त छन्
अग्नि ती देख्दछौ दानका सारथि
दानले देवता बन्दछन् पौरखी ।१।🌷🙏🌺

सूर्य हुन् देवता चन्द्रमा देवता
अग्नि हुन् देवता वायु ती देवता
दानको मान्यता दानले भव्यता
दानको पालना गर्दछन् देवता ।२।🌷🙏🌺

सूर्यको पुञ्जमा योगले एकता
योगले अग्निको देख्दछौँ मान्यता
वायुको साथमा वायुको मान्यता
सूर्यले वायुले जान्दछन् सभ्यता ।३।🌷🙏🌺

स्वार्थका भक्तले तोड्दछन फोड्दछन्
योग हो साधुको सन्तको भन्दछन्
स्वार्थको मातमा व्यक्ति ती पुज्दछन्
स्वार्थको लोभमा लोकमा डुल्दछन्।४।🌷🙏🌺

चञ्चले चित्तले भ्रमको सिर्जना
भ्रमको तालमा डुब्दछन् दुर्जन
जीवनी बागमा फूल हो सभ्यता
योगले एकता थप्दछन् शुध्दता।५।🌷🙏🌺
धन्यवाद 🌷🙏🌺
हरि शर्मा (गलकोटे कवि)
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

गुलाम नवी मन्सुर - विद्यादेवी भण्डारीको यात्रा कुनै सामान्य राजनीतिक इतिहास होइन। एउटा विद्यार्थी नेतृबाट सुरु भएको यो यात्रा आज…

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले…

प्रतिकृयाहरू
...