Friday 9th October 2026

कविताः सन्दिग्ध बानी – छन्द: ईन्द्रवज्ज्रा -हरि शर्मा (गलकोटे कवि)


अस्तित्व आफ्नो उसले चितायो
आमोद आफ्नै घरमा बसायो
साथित्व तोड्यो उसले फसायो
आक्रोश पोख्यो अरुको बितायो ।१।🌷🙏🌺

आचार यस्तो उसले सिकायो
व्यक्तित्व उस्तै दलमा घुसायो
भ्रातृत्व मार्‍यो छलको पुजारी
मातृत्व घाती घरको शिकारी ।२।🌷🙏🌺

पाण्डित्य,छाँट्यो शुरुमा अचाक्ली
सर्वस्व गुम्दा जनता बिचल्ली
आफन्त मात्रै उसका भकुल्ला
आशक्त उस्तै बनका बकुल्ला ।३।🌷🙏🌺

आतिथ्य मार्‍यो घरमा कुटायो
एकाग्र आफ्नै दलमा छिरायो
सामिप्य रोज्यो सपना दिएर
पाखण्ड पस्क्यो बदला लिएर ।४।🌷🙏🌺

सामान्य मान्छे अरुवा बनायो
पापिष्ठ मान्छे भरुवा बनायो
एकाध मान्छे पथमा ढुकायो
भण्डार फोर्‍यो ढुकुटी लुकायो ।५।🌷🙏🌺

सन्दिग्ध बानी उसले बसायो
विज्ञप्ति छाप्यो मिडिया फसायो
सम्पूर्ण गाथा कविता सुनायो
धन्सार रित्तो जनता भुलायो ।६।🌷🙏🌺

विज्ञान जस्तो जगमा जुनी हो
नोक्सान धेरै धनको भएको
कल्पान्त यस्ता ठग ती चिनौँ है
व्यक्तित्व यस्तो नहुने चुनौँ है।७।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...