Friday 9th October 2026

कविताः लिनु र दिनुमा अन्तर – लोक छन्दःझ्याउरे -हरि शर्मा (गलकोटे कवि)


सबैले खोज्छन् आफैले लिन, दिने खै को होला ?
अरुको भाग खोसेर लिँदा परेको अन्योल
धनको खोजी मानको खोजी सुखको चाहना
सबैले खोज्ने आफूको लागि मान र सम्मान ।१।🌷🙏🌺

खोज्दैन किन मानव जाति फर्केर आफूमै
अर्काको मुख ताकेर बस्ने गरेको किन खै ?
उद्देश्य बिना डुलेको किन बेकामे बनेर
उचालिदेलान् काँधमा राखी अरुले भनेर ।२।🌷🙏🌺

अरुले खुशी दिनेछ भन्दा निराशा मिल्नेछ
आफूले दिन्छु भनेर सोच्दा उत्तम देखिन्छ
सुखको श्रोत मानवभित्र लुकेर बस्दछ
मानव भने सुखको खोजी अन्यत्र गर्दछ ।३।🌷🙏🌺

प्रशंसा माग्ने श्याबासी लिने कृपया भनेर
दिएको दिन देखिन्न कतै दयालु बनेर
सोचेको कोही देखिन्न कतै अरुको भलाई
सबैले सोध्दछन् कोसेली खै के ल्याएको मलाई ?।४।🌷🙏🌺

भिखारी मात्र अरुको आशा गरेर बस्दछ
सबल मान्छे कर्मले आफू सफल बन्दछ
अरुको काँध चढेर कोही सफल बनेमा
पाएको मान हराईजान्छ छिनको छिनमा ।५।🌷🙏🌺

नेताले लाज नमानिकन भिखारी बनेका
आफूको घर जलाईकन खरानी बाँडेका
जलाई घर बासको खोजी भिखारी बनेर
मार्दछन् दाता चुनाव पछि शिकारी बनेर ।६।🌷🙏🌺
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...