Tuesday 25th August 2026

कविता:- प्रशंसा कलाको – छन्द: भुजङ्गप्रयात -हरि शर्मा (गलकोटे कवि)


कुराले हँसायो कुराले रुवायो
कुराले डुलायो कुराले भुलायो
कुराले जितायो कुराले हरायो
कुराले बिगार्‍यो कुराले सपार्‍यो ।१।🌷🙏🌺

कुराको खुराकी कुराको सुराकी
कुरा नै विनोदी कुरा हो बियोगी
कुरा नै बिगारी कुरा नै विचारी
कुराले पियारो बनेमा बिवेकी ।२।🌷🙏🌺

कुराको पिरालो कुराको झमेला
कुराले भुलायो गरायो अबेला
कुरा हुन् विधाता कुरा हुन् पिराहा
कुराको सुराले बनायो सुताहा ।३।🌷🙏🌺

कुराले उज्यालो कुराले अँध्यारो
कुराको झटारो कुराकै पसारो
कुनामा पुर्‍यायो कुराले घिसार्‍यो
कुराले उचाल्यो कुराले पछार्‍यो ।४।🌷🙏🌺

कुराको करौँती कुराको सरौंतो
कुराले प्रशंसा कुराले उभिन्डो
कुराले फतौरो कुराले कुरौटे
कुराले भरौटे कुराले अरौटे ।५।🌷🙏🌺

कुराको कुटानी कुराको पिसानी
कुराले पियारो कुराले रिसानी
कुराले उजेली कुराले बिहानी
कुराले बनायो पियारो निसानी ।६।🌷🙏🌺

प्रशंसा कलाको त्यसैमा गलाको
सबैले गरौँ है यही नै भलो हो
अचाक्ली नहोस् है फतौरा कुराको
बिगारी कुरा नै कुराले सतायो ।७।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...