Friday 9th October 2026

कविताः विचित्र! -नारायण कोइराला


कस्तो हो? यहाँ के हुन खोजेको?
किसान धरधरी रोएको पाइयो
मरी सकेको राजतन्त्रलाई उठाउन
हजारौं मान्छे रोडमा देखियो
भाडाका मानिस भए पनि
जनसागर बनाइयो
आफ्नो आफ्नो तागत
यहाँ सबैको भेटियो।

अनि,
सरकारलाई तागत देखाउन
प्रतिपक्ष सडकमा उत्रियो
अस्ति भर्खर आफ्नो नेता
कुटेको भनी कुर्लियो ।

रोडमा अब उर्ली रहने रे
उता संसद भवनका राजाहरू
आफ्नो लडाइँ लडि जो रहेका छन्
जसरी हो,आफ्नो पोजिसन खोज्दै छन् ।

तर
उठिबास भएर काठमाडौं
गएका किसानको माग
कसले तताउने थाहा भएन
कसलाई सोध्ने कता जाने बाटो भएन ।

राम राज्य रोजेका किसान
रावण् राज्य भित्र फस्दै छन
यहाँ किन? सधै किसान मर्कामा पर्दैछन्
यहाँका रावण किसानलाई रोडमा लतार्दे छन् ।

अनि अचम्म,

हिजो पोइला गएकी विधेयक
आज फेरि फर्किन्छन् त
के रमाइलो गर्छौ बुद्धि न शुद्धि
जसरी नी देश लुट यसैमा तिमी खुसी।

नारायण कोइराला
तान्सेन, पाल्पा
हाल – यूएई ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...