Tuesday 15th September 2026

कविताः सुगा रटाइ – छन्द: शार्दूलविक्रीडित -हरि शर्मा (गलकोटे कवि)


सच्चा ती कविको विराट छविको सम्मान सत्कारमा
राखेका जनले सदैव मनले सद्भाव श्रध्दा यहाँ
विद्याको तुलना कदापि नगरी हीरा र मोती सित
मानेका कविले विशाल मनले आजन्म यस्तै रित ।१।🌷🙏🌺

दिक्दारी अहिले गरेन कविले संस्कार मान्ने कुरा
पार्टीका भरमा थिचाइ कविमा गर्ने कुरा हो बुरा
बोकेका कविले कुभाव मनमा झण्डा र गुण्डा दुबै
पापीको मुखले बखान धनको चिल्लो र चाप्लो खुबै ।२। 🌷🙏🌺

कोरोना अहिले विपत्ति जगमा छर्दैछ सन्त्रासमा
पापीको डरमा लुकेर घरमा बस्दै गरेका जन
नेताको कपटी विचार कविले चोर्दै हिँडेका कता
सुन्दैछौँ शुकदेवको तरहले भन्दै गरेका कथा ।३। 🌷🙏🌺

बोल्दैछन् कविले सुगा तवरले रट्दै गरेका कुरा
नेताका गुरु झैँ बनेर उनले सिद्धान्त लेखे पुरा
बेहोरा पनि त्यो दुरुस्त कविको देखिन्छ गुण्डा सरी
व्यापारी जसरी डुलेर जगमा चिन्ता र सुर्ता भरे ।४। 🌷🙏🌺

चाला यो कसरी असाध्य नगरी ढाक्दैछ उन्मादमा
विश्वासै कविको रहेन छविको आचार साहित्यमा
चौपाया जसरी गरेर नहिँडौं विद्वान ज्ञानीहरु
भन्ने यो दरिलो विचार सुनियो तत्काल बाँडौ बरु ।५। 🌷🙏🌺

हरि शर्मा (सुवेदी)
मिशिगन अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...