Thursday 29th October 2026

कविताः शान्तिको कामना – छन्द: स्रग्विणी -हरि शर्मा (गलकोटे कवि)


सन्तको साधना शान्तिको कामना
दुष्टको भावना आसुरी चाहना
जीवनी फूल झैँ कोपिला फक्रँदा
श्यालको फुर्ति त्यो जीवनी फक्रँदा ।१।🌷🙏🌺

आसुरी भावना दानवी चाहना
रामको चेहरा कंसको साधना
चोरको साथमा डुल्दछौ रातमा
शक्तिको आडमा शक्तिकै मातमा ।२।🌷🙏🌺

शाकिनी डाकिनी डिम्बिका साथमा
रम्दछौ जम्दछौ घुम्दछौ साँझमा
जानकी, मञ्जरी, शान्तिको घातमा
देखियो धारिलो चक्कु त्यो हातमा ।३।🌷🙏🌺

भुल्दछौ जिन्दगी मातमा डुब्दछौ
भाइको घातकी बंश नै भुल्दछौ
कालको चालमा जिन्दगी जान्दछौ
अर्थ के बाँच्नुको के तिमी बुझ्दछौ ।४।🌷🙏🌺

साँझमा त्यत्तिकै रम्दछौ भट्टिमा
मर्दछौ सड्दछौ गल्दछौ मट्टिमा
मार्दछौ चोर्दछौ देवको जिन्दगी
दुष्ट बेकारको जिन्दगी बाँच्दछौ ।५।🌷🙏🌺

राधिका इन्दिरा शान्तिको साथमा
जिन्दगी बाँच है आजको रातमा
कालको चाल त्यो सुस्तरी देखियो
के तिमी देख्दछौ वाणको लक्ष त्यो।६।🌷🙏🌺

हरि शर्मा
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...