Tuesday 15th September 2026

कविताः शान्तिको कामना – छन्द: स्रग्विणी -हरि शर्मा (गलकोटे कवि)


सन्तको साधना शान्तिको कामना
दुष्टको भावना आसुरी चाहना
जीवनी फूल झैँ कोपिला फक्रँदा
श्यालको फुर्ति त्यो जीवनी फक्रँदा ।१।🌷🙏🌺

आसुरी भावना दानवी चाहना
रामको चेहरा कंसको साधना
चोरको साथमा डुल्दछौ रातमा
शक्तिको आडमा शक्तिकै मातमा ।२।🌷🙏🌺

शाकिनी डाकिनी डिम्बिका साथमा
रम्दछौ जम्दछौ घुम्दछौ साँझमा
जानकी, मञ्जरी, शान्तिको घातमा
देखियो धारिलो चक्कु त्यो हातमा ।३।🌷🙏🌺

भुल्दछौ जिन्दगी मातमा डुब्दछौ
भाइको घातकी बंश नै भुल्दछौ
कालको चालमा जिन्दगी जान्दछौ
अर्थ के बाँच्नुको के तिमी बुझ्दछौ ।४।🌷🙏🌺

साँझमा त्यत्तिकै रम्दछौ भट्टिमा
मर्दछौ सड्दछौ गल्दछौ मट्टिमा
मार्दछौ चोर्दछौ देवको जिन्दगी
दुष्ट बेकारको जिन्दगी बाँच्दछौ ।५।🌷🙏🌺

राधिका इन्दिरा शान्तिको साथमा
जिन्दगी बाँच है आजको रातमा
कालको चाल त्यो सुस्तरी देखियो
के तिमी देख्दछौ वाणको लक्ष त्यो।६।🌷🙏🌺

हरि शर्मा
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...