Thursday 1st October 2026

कविताः जस्तो सोच्यो उस्तै हुन्छ – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


राम्रो कुरा गर्‍यो भने राम्रै आईलाग्छ
भाइसाथी भएपछि मौका मिलिहाल्छ
शारदाको पूजा गर्दा धेरै साथी भेटेँ
सबैसँग मित्रभाव रहेको म देखेँ ।१।🌷🙏🌺

ब्रह्माण्डमा सबै चिज चक्र जस्तै चल्छ
सबै चिज शुन्यतामा परिक्रमा गर्छ
यौटा चिज अर्कोलाई आकर्षण गर्छ
गुरुत्वको नियमले यही कुरा बोल्छ ।२।🌷🙏🌺

आगो सदा तातो हुन्छ सबैलाई पोल्छ
पानी सदा चिसो हुन्छ शितलता दिन्छ
प्रकाशको अन्धकार नाश गर्ने काम
हावा दिन्छ प्राण वायु जिन्दगीको नाम ।३।🌷🙏🌺

समयले आफ्नो चर्खा घुमाएरै छाड्छ
पुरुषार्थी सत्यवादी सबैलाई मार्छ
दिमागको विचारमा पनि शक्ति हुन्छ
यही शक्ति शुन्यतामा घुमी घुमी डुल्छ ।४।🌷🙏🌺

भन्ने कुरा सुन्दा मान्छे अलमल पर्छ
सत्य कुरा सधैँभरि जगतमा टिक्छ
दिमागको विचारले बाह्य रूप देख्छ
भित्र भए बमोजिम ब्रम्हाण्डमा पोख्छ ।५।🌷🙏🌺

जस्तो ओइरो उस्तै पैरो संसारको नीति
संगतले तय गर्छ दिमागको मति
दिमाग हो फूलबारी हराभरा पारौँ
राम्रा राम्रा रुख रोपौँ बनमारा मारौँ ।५।🌷🙏🌺

हरि शर्मा 🌷🌺🌼
मिशिगन, अमेरिका ।🌷🙏


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...