Wednesday 9th September 2026

कविताः आयो दशैँ गयो दशैँ – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


अमेरिकाको मिशिगनमा मानेको दशैँ यो।
जे जस्तो मिल्यो त्यसैमा रमी गुजारा गरियो।
कोरोना साक्षी अहिले वर्ष दु:खको दशैँ यो ।
इतिहासमै अनौँठो रुप लिएर जन्मियो ।१।🌷🙏🌺

सुवेदी म हूँ संयोग मिल्यो सुवेदी बैनीको।
सुर्खेते बैनी गल्कोटे दाजु दैवले जुराको।
तिहार दशैँ एकैसाथमा मिलेर मान्दछौँ।
पराइ हैन नजिक देख्छौँ आफन्त ठान्दछौँ।२।🌷🙏🌺

अन्धाको देश पुगेमा आफू चिम्लनू आँखा रे।
लङ्गडा देश पुगेमा फेरि खोच्च्याउनु खुट्टा रे ।
त्यसैलाई मानी परदेशमा पनि मनाईयो दशैं यो।
बाध्यताबश आफन्त सबै घरदेश छाडेको ।३।🌷🙏🌺

अफिसको काम जुम्लीहात गरी स्थगित गरियो।
क्रीश्चियनको क्रीसमस जस्तो दशैँ हो भनियो।
धर्मको लागि स्वतन्त्रता नै भएको अमृका।
आफूले चाहे नहुने के पो संसारमा छ र त ।४।🌷🙏🌺

कुराउनी घोट्न मिलेन फुर्सद केरा त प्रशस्त।
सेलरोटी पनि जुरेन साइत कामको चपेटा।
सानुले झट्ट दुधमा राखी पायस पकाई ।
पस्केर दिइन् एकैसाथ बसी खाएका रमाई ।५।🌷🙏🌺

 

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...