Sunday 20th September 2026

कविताः सिध्दिदात्री – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


भवानीको नवौ रुप सिध्दिदात्री भन्छन्।
ॠध्दि सिध्दि मिलोस् भनी सबै पूजा गर्छ्न्।
सिध्दिदात्री मानिएको प्रकाश शक्ति रूप ।
भगवतीका अङ्गहरु कान्तिमय खुब।१।🌷🙏🌺

बहुमूल्य आभुषण शरिरभर देख्दा।
कमल तथा सिँह माथि विराजमान हुँदा।
श्रध्दा भक्ति मनैदेखि उर्लिएर आयो।
त्यसै कारण कविताले मूर्त रुप पायो ।२।🌷🙏🌺

देवी भागवत भन्ने गर्छ शिवजीले पनि।
सिध्दिदात्री पूजा गरी अर्धनारी बने।
रातो फूल नरिवल सुगन्धले पूर्ण।
गुलिया र मिठा-मिठा चिज सम्पूर्ण ।३।🌷🙏🌺

चढाएर आजा पूजा चण्डिकाको हुन्छ।
कन्या पूजा विश्वकर्मा पूजा शान्ति दिन्छ।
हात्ती घोडा मोटरसाइकल गाडिहरु पनि।
नवमीको दिन पारी सबै पूजा हुने।४।🌷🙏🌺

मधुकैटभ महिषासुर धुम्रलोचन अनि।
चण्ड मुण्ड रक्तबीज निशुम्भको पनि।
अन्त्य तिर शुम्भ भन्ने दैंत्यलाई मारी।
भवानीले शान्ति छरिन् सारा लोक भरी ।५।🌷🙏🌺

बुध्दि निद्रा भोक छाया शक्ति तृष्णा क्षमा।
जाति कान्ति लज्जा शान्ति श्रध्दा भ्रान्तिमा।
लक्ष्मी वृत्ति स्मृति दया मातृ तुष्टि तथा।
आदिशक्ति मानिकन पूजा हुन्छ सदा ।६।🌷🙏🌺

देवी शक्ति अपार छ देउताहरु पनि।
ठुलो ठुलो कार्य गर्न उनकै आड लिने।
देवीरुप मानिएका आमा दिदी बहिनी।
ममाताका खानी जानौँ पूजा गरौँ हामी ।७।🌷🙏🌺

 

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺

 

 


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...