Wednesday 31st December 2025

कविताः सिध्दिदात्री – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


भवानीको नवौ रुप सिध्दिदात्री भन्छन्।
ॠध्दि सिध्दि मिलोस् भनी सबै पूजा गर्छ्न्।
सिध्दिदात्री मानिएको प्रकाश शक्ति रूप ।
भगवतीका अङ्गहरु कान्तिमय खुब।१।🌷🙏🌺

बहुमूल्य आभुषण शरिरभर देख्दा।
कमल तथा सिँह माथि विराजमान हुँदा।
श्रध्दा भक्ति मनैदेखि उर्लिएर आयो।
त्यसै कारण कविताले मूर्त रुप पायो ।२।🌷🙏🌺

देवी भागवत भन्ने गर्छ शिवजीले पनि।
सिध्दिदात्री पूजा गरी अर्धनारी बने।
रातो फूल नरिवल सुगन्धले पूर्ण।
गुलिया र मिठा-मिठा चिज सम्पूर्ण ।३।🌷🙏🌺

चढाएर आजा पूजा चण्डिकाको हुन्छ।
कन्या पूजा विश्वकर्मा पूजा शान्ति दिन्छ।
हात्ती घोडा मोटरसाइकल गाडिहरु पनि।
नवमीको दिन पारी सबै पूजा हुने।४।🌷🙏🌺

मधुकैटभ महिषासुर धुम्रलोचन अनि।
चण्ड मुण्ड रक्तबीज निशुम्भको पनि।
अन्त्य तिर शुम्भ भन्ने दैंत्यलाई मारी।
भवानीले शान्ति छरिन् सारा लोक भरी ।५।🌷🙏🌺

बुध्दि निद्रा भोक छाया शक्ति तृष्णा क्षमा।
जाति कान्ति लज्जा शान्ति श्रध्दा भ्रान्तिमा।
लक्ष्मी वृत्ति स्मृति दया मातृ तुष्टि तथा।
आदिशक्ति मानिकन पूजा हुन्छ सदा ।६।🌷🙏🌺

देवी शक्ति अपार छ देउताहरु पनि।
ठुलो ठुलो कार्य गर्न उनकै आड लिने।
देवीरुप मानिएका आमा दिदी बहिनी।
ममाताका खानी जानौँ पूजा गरौँ हामी ।७।🌷🙏🌺

 

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺

 

 


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...