Thursday 1st October 2026

कविताः कालरात्री – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


दंष्ट्राकरालवदने शिरोमालाविभूषणे । चामुण्डे मुण्डमथने नारायणि नमोऽस्तु ते ।।
या देवी सर्वभूतेषु दयारूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

शुम्भ अनि निशुम्भले अत्याचार गरे।
सज्जनहरु दु:ख पाए अलपत्र परें।
भवानीले कालिकाको रुप धारण गरिन्।
राक्षसको गण मारी लोकमा शान्ति छरिन् ।१।🌷🙏🌺

भय लाग्दो कालो रुप कालरात्री पर्‍यो।
काली भद्रकाली चण्डी रुप भैरवीको ।
मातृकाली महाकाली जे जे भने पनि ।
शत्रु भय जल भय, रोग नासिदिने ।२।🌷🙏🌺

चण्ड मुण्ड मिलीकन देवी पछि भागे।
सेनागण लिईकन युध्द गर्न लागे ।
हिमालय पर्वतमा बाघमाथि देखी ।
एक्ली दुव्ली ठानिकन जिस्काएका अति ।३।🌷🙏🌺

चण्ड मुण्ड आएका ती दलबल साथ ।
शस्त्र अस्त्र लिएका ती थिए सुसज्जित ।
अनुहार कालो कालो कालिकाको भयो।
भैरवीको क्रोधी रुप त्बल्ल बाहिर आयो ।४।🌷🙏🌺

मुख पनि विशाल थियो जिब्रो लामो थियो।
मुण्डमाला गलामा त हातमा तरवार थियो।
राता राता आँंखा थिए रुप कालो थियो।
गर्जिँदा त राक्षसको ठुलो सातो गयो ।५।🌷🙏🌺

डढेलोले खाएसरि राक्षसहरु डढे।
कोही घाइते भईकन जमिनमा लडे ।
शक्तिशाली दुर्गारुप शरणमा परे ।
दैँत्य कोही काली देखी डराएर मरे ।६।🌷🙏🌺

शुम्भ बध गर्न भनी विकराल रुप।
कालरात्री नाममात्र सम्झेपनि शुभ।
रोग शोक दरिद्रता हटाउन पूजा ।
कालिकाले क्रोध सबै पारिदिन्छिन् धुजा ।७।🌷🙏🌺

धन्यवाद!
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...