Wednesday 1st July 2026

कवितामा दशैं – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


जन्मभूमि नेपालमा खुशियाली छायो।
सबैजना भन्न लागे दशैँ आयो आयो।
हिमालमा डाँफे चरी यही गित गायो।
आँगनमा धान टिपी भँगेराले खायो ।१।🌷🌺🌼💐🌷

डाँडावारि डाँडापारि खेतबारीतिर।
खरबारी घरबारी डाँडापाखातिर।
गण्डकीको, कोशीको र कर्णालीको तिर।
गाउँबेसी भन्न लागे हट्यो हाम्रो पिर ।२।🌷🌺🌼💐🌷

कालिकाको मन्दिरमा पाठ शुरु भयो।
आफन्तमा मिठा-मिठा बात शुरु भयो।
खुशी अनि उमङ्गको मात शुरु भयो।
नवरात्री कालरात्री रात शुरु भयो ।३।🌷🌺🌼💐🌷

परेवाले भाकुम भाकुम गित गाउन थाल्यो।
कुखुराले कुखुरी खै कहाँ भन्न लाग्यो।
नारायण नारायण पाडो भन्न लाग्यो।
जे जे पर्ला उसै टर्ला बोको भन्न लाग्यो ।४।🌷🌺🌼💐🌷

सरकारी अफिस र संघसँस्था पनि।
केही दिन बन्द गरी दशँ मानौँ भनी।
जुटेका छन् सबैजना सामा जुटाउन।
हिजोबाटै शुरु भयो दशैँ मनाउन ।५।🌷🌺🌼💐🌷

घरदेश परदेश जताततै आयो।
जहाँ जहाँ नेपाली छ्न् त्यतितिर आयो।
प्रदेशीको छाति चस्क्यो मुटु खान लाग्यो ।
मुटुभित्र दुख्ने घाउ चहराउन थाल्यो ।६।🌷🌺🌼💐🌷

प्रदेशमा अलिकति भिन्न हुन्छ दशैँ।
नेपालमा जस्तो रौनक देखिँदैन कतै।
भाषा भेष नमिल्नाले दशैँमय छैन।
दशैँ आयो भनेपनि विदा हुने हैन।६।🌷🌺🌼💐🌷

लिङ्गे पिङ रोटे पिङ कतैतिर छैन।
कमेरोले घर पोत्न पनि पर्ने हैन्।
कता छ खै डाँफेचरी कतै देखिँदैन।
ढुकुर अनि परेवाको बोली सुनिँदैन ।७।🌷🌺🌼💐🌷

सबैजना चौविस घंटा कमाउनमै व्यस्त।
कसैलाई बाध्यता कोही कतै मस्त ।
उत्साह र उमंगले जोसिएको मन।
अफिसको चटारोले थाल्यो तड्पन ।८।🌷🌺🌼💐🌷

कवितामा दशैँ मान्ने कुरा सुनेदेखि।
रमाएर पिडा पोखेँ कवितामा लेखी।
कवितालाई सुनिदिने सबै साथिहरु।
शुभकामना दिएँ मैले के सक्छु र अरू ।९।🌷🌺🌼💐🌷

 

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🌺🌼💐🌷


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

प्रतिकृयाहरू
...