Friday 2nd October 2026

जिन्दगी – भुजङ्गप्रयात छन्द -हरि शर्मा (गलकोटे कवि)


~~~जिन्दगी ~~

<<<भुजङ्गप्रयात>>🌷🙏🌺

भुजङ्गप्रयातं चतुर्भिर्यकारै: ।

कता छौ जुनेली, पियारी सहेली !
सबारी भएमा तयारी सुसेली !
तिमी हौ सहेली, तिमी नै सुसारे !
तिमी हौ असारे, तिमी नै तुसारे ।<१>🌷🙏🌺

कता छौ उजेली, कता छौ अँधेरी!
कता हो बिहानै, नदेख्ने कतै खै !
गरेको अचाक्ली नजाती मलाई !
सुनौलो बिहानी, भयो के रिसानी?<२>🌷🙏🌺

कसैले भनेको,मलाई नहेरी !
पराई बनेको,मलाई नटेरी !
बगेको नदी हो, अनौठो जुनी यो !
सुखैमा बिताऊ, भनेँ है सहेली। <३>🌷🙏🌺

हरि शर्मा (गलकोटे कवि)
गलकोट, बागलुङ, नेपाल
हाल: मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...