Friday 14th August 2026

प्रेमिल पाँच मुक्तकहरू -हरि शर्मा (गलकोटे कवि)


माया बोल्छ मुक्तकबाट ।
एक छैन मुक्तक पाँच वटा ।। ???

कतै बन्यौ, आगो तिमी, कतै थोपा शीत ।
नगाईने किन होला कतै तिम्रो गीत ।
कति खप्छौ चेली तिमी पिर ब्यथाहरु
अन्यायले छोपी सक्यो लडिकन जीत ।<१> ???

माया नै हो जीवनमा रंग भरिदिने ।
मायाले नै मायालुको उद्दार गरिदिने ।
राम्रो साथी छानिकन माया लाउँने गर
नछान्नु है दु:ख पर्दा पाखा सरिदिने । <२>???

रावण शक्तिशाली, घमण्डले मार्‍यो ।
बलि अति दानी, दान बन्धन पार्‍यो ।
घमण्ड गर्नु कतै पनि उत्तम मानिदैन
सीतालाई घमण्डले लंकातिर सार्‍यो । <३>???

जीवनमा कसैको पनि बन्नु हुन्न दासी ।
मायाले कैले मायालुलाई चढाएन फाँसी ।
शर्त राखी माया गरे स्वार्थको खेल
यस्तो माया राख्नुभन्दा छाड्नु हाँसी-हाँसी ।<४>???

मायालुको माया बुझ्न गाह्रो पर्छ अरे ।
नबुझेर कैले काहीँ सारो पर्छ अरे ।
कस्तो मुर्ख मान्छे होला नबुझेको माया
माया,साया भुले हात, छाया पर्छ अरे ।<५> ???

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

- राज मल्ल कुवेतमा नेपालीको संख्या पछिल्लो समय करिब दुई लाखको हाराहारीमा पुगिसकेको छ। यो केवल एउटा संख्या होइन, लाखौँ…

कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट…

नेपालमा बढ्दो बेरोजगारी र वैदेशिक पलायनको चुनौतीबीच युवा उद्यमशीलता प्रवर्द्धनको आवश्यकता थप महसुस गरिएको छ। विज्ञहरूले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी…

प्रतिकृयाहरू
...