Friday 2nd October 2026

बाल गीत – बालोरी -हरि शर्मा (गलकोटे कवि)


अङ्ग्रेजीमा कविता!
लेख्ने मन छैन त ?
रसियन भाषामा!
उल्था पनि हुनेछ ।१।????

इक्षा यदि भएमा!
लेख्न मन लागेमा!
खबर यो मिलेमा!
नाम दिने चाहना ।२।????

लेख लेख साथी हो!
सुनौलो यो मौका हो!
सँधै किन आउला!
लेख्न कहाँ पाउँला।३।????

मौका मिल्यो यसरी!
कनिकुथी बेसरी!
लेखिहाल कविता!
अनी पढ सुस्तरी।४।????

अनुरोध गरेको!
जस्तो तस्तो लेखे भो!
किन पछि हटेको ?
जान जाने छैन भो ।५।????

म त हरि शर्मा हो!
गलकोट जन्मेको!
ऐले बस्छु अम्रिका!
मिशिगन राज्य हो ।६।????

नेपालीमा कविता !
थुप्रै भए अब त !
कनिकुथी गर्दैछु !
अङ्ग्रेजीमा लेख्दैछु।७।????

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा । ????


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...