Saturday 26th September 2026

षड्यन्त्रै षड्यन्त्रको राजनीति


जय नारायण माझी थारू – जति नै ढाकछोप गरे पनि सत्यता एकदिन अवश्य उजागर हुन्छ । गलतलाई जति नै पातल मुनि लुकाएर राखेपनि गलत एकदिन अवश्य बाहिर आउँदा रहेछन । हाम्रो देशको राजनीति वनको चरा मार्ने वनमारा जस्तै जनता मार्ने तानाबानाको समुह ( संजाल) रहेछ । हाम्रो देशको राजनीतिले कहिले पृथ्वीनारायण शाहको सालिक ढाल्छ भने कहिले उनलाई एकताको प्रतीक हो भनेर सम्मान गर्छ । हाम्रो देशको राजनीति कहिले महेन्द्रलाई राष्ट्रवादी भन्छ भने कहिले उनी अराष्ट्रवादी हो भनेर संज्ञा दिन्छन् । हुँदा हुँदा महा मानव गौतम बुद्धको मुर्ती ढ्लाउन पछि पर्दैन । अर्थात हामी बुझौं कि नेपाली राजनीतिक (नेतृत्व)कर्मीहरुको रथ हकाई कति आश्चर्य लाग्दो छ । कहिले यिनीहरु संसदमा कुर्सी तोड्छन त कहिले सडकमा टायर बाल्छ्न, त कहिले जङ्गलमा पसेर बन्दुक बोक्छन र हजारौं जनता लाई परिवर्तनको नाममा सहिद बनाउछन । एक अर्काको अँखामा दुश्मनीको भाव भएकाहरु रातारात मिलन बिन्दुमा सिंहदरवारमा देखिन्छन् ।
जनताको अधिकार सँग होली खेल्दै जनताको मासुको सुकुटी सँगै मदिरापान गर्न पछाडी हट्दैनन । जसले जे गरे पनि हुने नेपालको राजनितिमा राजनितीलाई बिशुद्ध समाज सेवामा होइन मागी खाने भाडो बनाएका छन् । राजनैतिक शिक्षाको खुड्किलो उक्लदा जब षड्यन्त्रकारीको प्रामण पत्र प्राप्त हुन्छ तब यी कुरा राजनितीकर्मीहरुले पार्टीहरुलाई फुटाइ आफ्ना बिचारहरु लाद्न थाल्दा रहेछन ।

अडोल्फ हिटरले आफ्नो जिवनीमा लेखेका छन -शक्ति र सत्तामा टिकाई राख्न काल्पनिक दुष्मन बनाउ र देश खतरामा छ भन्ने हल्ला फिँजाउ । त्यसले जनताको मनमा डर उत्पन्न हुन्छ । जब जनता डराएका हुन्छ्न उनीहरुलाई आफ्नो पोल्टामा पार्न सजिलो हुन्छ । हाम्रा देशका राजनीतिकर्मीहरु यही सिद्धान्तबाट अभिप्रेरित छन । जनताको मौनतालाई कम्जोरी सम्झनु क्यान्सर पालेर आफुहरुलाई स्वास्थ सम्झनु हो । जनताको हक अधिकार, कानुनी राज्यको स्थापना विकास, समृद्धि, रोजगारको अवाजलाई बहिरोपन तरिकाले नाटक गर्दै नसुन्ने झैं गरिरहनु जस्तै भएको छ हाम्रा देशका छोटेराजाहरुको ब्यवहार । के राजनीतिको अन्तिम बिन्दु प्रधानमन्त्री वा मन्त्रीको कुर्सी नै हो त ? के जनताको हरेक अघिकारहरु प्रत्याभूत गराउन प्रधानमन्त्री वा मन्त्री नै बन्नु पर्दछ त ? यस्ता खालको कमि कमजोरीको करकतत्व को हुने ? आलिशान गाडीमा नेपालको झन्डा फहराउँदै हिड्ने मानिसहरु कि खेतमा हलो जोत्ने किसान । वा नदीको बगरमा ढुङ्गा फुटाउने कि रोजगारीको लागि विदेशमा बेल्चा हान्ने मानिस ।

देशमा तमाम आसमान सम्बन्धको साङ्लो फेरिनु पर्दछ अथवा प्रगतिशील र दुरदृस्टि तरिकाले समस्या अन्त्य नगरेसम्म राष्ट्र विकास र समृद्धि हुदैनन्,हस्तक्षेपको अन्त्य हुदैनन् । मुखले मात्र गर्छु भन्यो भने झन प्रत्युत्पादक हुन्छ । हाम्रो देशको राजनितिकर्मीमा एउटा तितो याथार्थ छ – “आफै खानेk आफै लगाउने र जसरी पनि सत्ताको भोग गर्दौ सातपुस्ता सम्म सम्पती जोड्ने।” देशलाई समृद्धि र विकास गर्नु भन्दा पहिला आफ्नो समृद्धि गर्नु पर्छ भन्ने होड चलेको छ . देश र जनताको भलाईको लागि सोच्ने नेताको कमि छ । दुईचार जना बिभीषणले गर्दा देश दिनानुदिन भड्खालोमा जाँदै छ .

वर्तमानमा विश्व लगायत हाम्रो देशपनि covid-19 को सङ्क्रमणबाट आक्रान्त भएको छ । देश र जनताको स्वास्थलाई मध्यनजर गर्दै लकडाउनको अवस्थामा जनता जीवन रक्षाको लागी ऋण खोजेर पनि बाच्ने अवस्था आएको छ । यस्तो विषम् परिस्थितिमा पनि अपारदर्शी रूपमा आफ्नो पार्टीलाई समेत छलेर भित्रभित्र आफ्नो गुटको स्वार्थ बचाउने खेलमा विभिन्न गुट लागिपरेको अहिले पुष्टि भएको छ । अप्ठ्यारो अवस्थामा रहेका नेपाली जनतालाई गिज्याउने काम भैइरहेको छ । महामारीबाट आक्रान्त भइरहेका जनता राहत प्याकेज पर्खिरहेको बेला सरकारमा बसेका दल भित्र एकाएक षड्यन्त्र र विभाजनसम्बन्धी खेल बढो चाखलाग्दो पुर्ण तरिकाले खेलिंदैछ । यस्तो किसिमको षड्यन्त्रले नेपाली जनताको भावनामा ठेस पुर्याउने काम भैइरहेको छ । सरकार नागरिकको सरोकार र जीवन रक्षाका लागि गम्भीर र संवेदनशील नभएको पुष्टि भएको छ ।

राष्ट्रिय सङ्कटको यस घडिमा जनतालाई घरमा थुनेर र ब्यवस्थापिका संसदलाई नै बन्द गरेर आ-आफ्नो गुटको अभिष्ट पूरा गर्न असंवैधानिक तरिकाले कुर्सीको खिचातानी गर्न तल्लीन राजनैतिक उदण्डताको पराकाष्ठा हो । जनताको म्याण्डेट्लाई डुङ्गामा राखेर डुबाउन खोज्ने आत्मरती प्रवृत्ति नै लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा खतरनाक खेल हो ।
देशको यस विषम् अवस्थामा नेपाली जनतालाई राजनीतिक एकता सहितको निकास र विकास चाहिएको छ, विभाजन हैन । जनको भावना विपरीत महामारीको सन्त्रासबीच पनि व्यक्तिगत सत्ता सवार्थ केन्द्रित राजनीतिले वर्तमान सत्ता संचालकले ल्याएको धारणा सुखी नेपाल र समृद्ध नेपाल बनाउने नारालाई अर्थहीन बनाउने कोशिसमा छ । भ्रष्टाचार र कुशासनका विभिन्न काण्डैकाण्डमाथि यो षड्यन्त्रको महाकाण्ड बिभीषण हरुले थप्न खोज्दै छन् । यसको मूल्याङ्कन इतिहासमा जनताले गर्ने नै छ । चेतना भया !!

स्रोत – विभिन्न पत्र पत्रीका


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...