Saturday 25th May 2024

सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा बाजुराका पीडित अपांगलाइ ह्वीलचेयर सहयोग


तितोपाटी – सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बाजुराका एक अपांग ब्यक्तिलाइ ह्वीलचेयर सहयोग गरेको छ । दशकाैं अघि मड्केलामा पुरिएर घाइते भइ आधी हर नचल्ने भएका बाजुरा पटाेलीका तिर्थ बहादुर कार्कीलाइ आज सो ह्वीलचेयर प्रदान गरिएको कुरा सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक अमर खड्काले तितोपाटी डट कम सँग को कुराकानीमा बताए ।

संरक्षक खड्काले बताए अनुसार दश वर्ष अगाडि घर पाेत्ने माटाे लिन जाँदा माटिखान भत्केर च्यापिएका तिर्थ बहादुर कार्कीकाे कम्मरदेखि तल नचल्ने भएको थियो । उपचारकाे लागि नेपालगञ्ज धाउँदा धाउँदै भएको केहि सम्पति पनि सकिएको र आर्थिक अवस्था एकदम कमजाेर भएको कारण राम्राेसंग उपचार पनि गर्न नसकेर उपचारकाे क्रममा जिल्ला अस्पतालमा गएको बेला अस्पतालमा भेटिएका अमेरिकन नागरिकले उनकाे नाजुक अबस्था देखेर दया गरि एउटा हुइलचियर दिएका रहेछन ।

त्याे चिएर टुटेर कामै नगर्ने भएपछि 2/4 बर्षदेखि हुइलचियर बिना यताउता सर्न पनि गाह्राे हुने भएकाेले धेरै ठाउँ सहयाेग माग्दा पनि कसैले नहेरेकाे उनका अाफन्तले जनकारि गराएका थिए। नगरपालिका लगायत गाउँमा भएका संघसंस्थासंग सहयाेग माग्दा पनि सहयोग नमिलेको जानकारी पाएपछि सुदुरपश्चिमेली नेपाली समाज कुवेतले पीडित कार्कीको अबस्थालाइ मध्यनजर गर्दै सहयाेगी मनसायले एउटा हुइलचियर दिने निर्णय गरेको र सोही निर्यण अनुसार आज पीडित, अपाङ्ग तिर्थ ब. कार्कीलाई हुइलचियर हस्तान्त्रण गरेकाे छ ।

स्मरण रहोस, सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापना कालदेखि नै कर्मभूमि कुवेतमा विभिन्न मानविय र सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ भने जन्मभूमि नेपालमा विभिन्न किसिमका दैवी प्रकोप, आपत-विपतमा परेकाहरूलाइ सहयोग गर्नेदेखि शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै अाएको छ भने विभिन्न किसिमले पीडित बनेका पुर्व मेची देखि पश्चिम महाकाली सम्मका नेपालीहरूमा मानवीय र सामाजिक सेवाका कार्यहरू गर्दै मलहम लगाउँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन…

प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक --------------…

प्रतिकृयाहरू
...