Friday 2nd October 2026

किरात याक्थुङ चुम्लुङ कुवेतको ९औं वार्षिक उत्सव कार्यक्रम स्थगित


तितोपाटी – किरात याक्थुङ चुम्लुङ कुवेतको भोली २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं वार्षिक उत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित भएको छ। बिश्व भरि फैलिएको नोवल कोरोन भाईरसको संक्रमण कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझाव दिईरहेकोले  कुवेतस्थित नियोग र नेपाली समाजको बुद्धिजीवी तथा विभिन्न विशिष्ट ब्यक्तित्वहरु संगको सल्लाह सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको अत्यन्तै गम्भिरतापुर्वक ध्यानमा राख्दै कोराना भाईरसको संक्रमण अन्त्य भई सहज वतावरण नभईन्जेल सम्मका लागि कार्यक्रम स्थगित गरिएको चुम्लुङका कार्यबाहक अध्यक्ष नरेन्द्र थाम्सुहाङ मिक्वाले जानकारी गराएका छन ।

भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, भेष–भुषा तथा जातिय पहिचानलाई बचाई राख्ने साथै कुवेतमा रहेका श्रमजीबि लिम्बुहरुलाई एकत्रित गरि भईपरि आएको अवस्थामा साथ सहयोग गर्ने उद्देश्य लिई विगत ९ वर्ष अघि गठित भइ कृयाशिल रहेको यस संस्थाले कुवेतमा रहेका अन्य कृयाशिल संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै मानविय र सामाजिक सेवाका कार्यहरू गर्दै अाएक छ भने यस पटक ९औं बार्षिक उत्सवको अबसर पारेर लिम्बु भाषाको चलचित्र प्रदर्शन गर्ने सम्पुर्ण तयारी गरेको थियो।

कोरोना भाईरसबाट सिर्जना भएको बिषेश परिस्थितीमा कार्यक्रम स्थगित गर्नु परेको र यसबाट पर्नगएको असुविधा प्रति सम्बन्धित सबैसंग किरात याक्थुङ चुम्लुङ कुवेतले क्षमायाचना गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...