Thursday 10th September 2026

कुवेतमा कोरोनाको कहर


तोयानाथ उपेक्षित – कुवेतमा कोरोना भाईरस संक्रमितको संख्या दुई दिनमा दुई दर्जन नागेपछि मानिसहरु हतासपूर्ण मानसिकतामा छन । अहिले सम्म पुष्टि भएका संक्रमितको संख्या २६ पुगेको छ ।

हिजो देखि सरकारी कार्यलय तथा स्कुल र कलेजहरु राष्ट्रय दिवसका कारण शनिवार सम्मलाई विदा छन भने त्यसपछि पनि कुवेत सरकारले मार्च १२ तारिक सम्मका लागि सवै विद्यालय तथा कलेज बन्द रहने घोषणा गरेको छ । आजको दिन अघिल्ला बर्षहरुमा बाहिर निस्कन हम्मे पर्ने ट्राफिक जाम यसपटक छैन । प्रायः सडकमा सधै भन्दा लगभग आधा सवारी कुदेको देखिन्छ । सुपरमार्केट र ठुला महलहरुमा खासै मानिसहरूको भीडभाड पनि छैन ।

एकै दिनमा कोरना संक्रमितको संख्या ह्वात्तै बढ्नुले कुवेतलाई निक्कै चिन्तित बनाएको छ । यसरी नै बहराईनमा पनि २६ जना संक्रमित छन भने कतार र साउदीमा संक्रमण भेटिएको छैन । ओमन, कुवेत, दुवई र बहराईनमा कोरोनाको संक्रमणले त्रास पैदा गरिदिएको छ । समाचारमा जनाईए अनुसार कुवेतमा पाईएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गंभिर भने छैन ।

कुवेतको बजारमा मास्क पाउन निक्कै मुस्किल भएको बताईन्छ । मास्कको भित्रभित्रै कालो बजारी पनि भएको आशंका मानिसहरुले गर्न थालेका छन । प्राईभेट कम्पनीहरुले भने अहिले सम्म आफ्नो नियमित काम रोकेका छैनन । कयौ यस्ता कम्पनीहरु दुई दिनको सर्वाजनिक विदा पछाडी भोली बाट खुल्ला हुदैछन ।

यहि अवस्था रहिरहे कुवेतमा दैनिकी कठिन हुने अनुमान गरिएको छ । रेड क्रिसेन्डले कोरनासँग लडन भोलेन्टियर्स खटाउने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...