Monday 5th October 2026

वैदेशिक रोजगारीबाट नेपाल आई मृत्यु भए ७ लाख पाईने


तितोपाटी-सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको हो ।

यो निर्णयसँगै वैदेशिक रोजगारीबाट श्रम स्वीकृति अवधिमा नै नेपाल आई विभिन्न कारणले मृत्यु भएका ३१५ नेपालीसहित नजिकका हकवालाले आर्थिक सहायतास्वरुप जनही ७ लाख रुपैयाँ पाउने भएका छन् ।कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...