Wednesday 28th October 2026

मन त मेरो लक्का जवान’ गीत सार्वजनिक(भिडियो सहित)


तितोपाटी- फिल्म ‘लक्का जवान’को शीर्ष गीत मन त मेरो लक्का जवान सार्वजनिक गरिएको छ।

बुधबार सार्वजनिक ‘मन त मेरो लक्का जवान’ बोलको गीतमा डिपी खनालको शब्द, बाबुल गिरीकाे सङ्‌गीत तथा सङ्‌गीतकार स्वयं र मिना निरौलाको स्वर सुन्न सकिन्छ।

आउँदो चैत २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बुधबार पहिलो गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा दिलिप रायमझी, प्रियंका कार्की, वर्ष शिवाकोटी, सलोन बस्नेत, अनुपमा भण्डारी, किरण केसीलगायत दर्जन बढी स्टार कलाकारहरुकोअभिनय देख्न सकिन्छ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझीको कार्यकारी निर्माता सिनेमामा पुरुषोत्तम प्रधानको छायाँकन, र मित्र डी गुरुङको सम्पादन छ ।

हाँस्य विधामा तयार फिल्मको पहिलो गीतले दर्शक अपेक्षा बढाउने निर्माण युनिटको अपेक्षा छ।


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...