Thursday 2nd May 2024

अधुरो मिलन(कथा) -जानकी जानु बिश्वकर्मा


जानकी जानु बिश्वकर्मा –  तिमी संगै जिउन तिमी संगै रमाउन मलाइ पनि रहर थियो रानी तर रहर रहरमा नै सिमित रहने भयो । थाहा छ मलाइ तिमीले यो पत्र पढे पछि पक्कै पनि रुन्छेउ तर रानी तिमी मेरी रानी हौ तिमीले हर समस्याको समाधान गर्नु पर्छ । म बिना यो समाजमा एक्कै लडनु पर्छ किनकी तिमी मेरी साहसी रानी हौ । फरक यति भयो रानी तिम्रो साथमा दैवले मलाइ जीवन बिताउन दिएन । रानी मलाइ तिमी संग बिताएका हरेक पल याद छ । पहिलो भेट् मै तिमीलाइ देख्न साथ तिमी मन पर्न थाल्यो । तिमी संगको पहिलो भेट् पनि सुन्दर नगरी पोखराको बिन्ध्वबासिनी मन्दिरमा भएको थियो । तिमी अप्सरा भन्दा कम देखिन्थिनौ । रातो चौबन्दी कुर्ता अनि भिजेका केशबाट पानी तप्प तप्प तिम्रो स्पर्श लिएको अनि तिम्रो फुल जस्तै सुन्दर मुहारमा रातो टीका आँखामा गाजल, मृगनयन ओठमा फिस्स हाँसो त्यो हसिलो उज्यालो मुहार मैले एकोहोरो हेरि रहे तर तिमी भनी आफ्नै धुनमा थियाै । मेरो मनमा कौतहल भयो तिमी संग कसरी नजिक हुनु? कसरी बोलाउँ? तर तिमीलाइ बोलाउन हिम्मत जुटाउन सकिन । तिमीले केही भन्छेउकी भन्ने डर लाग्थ्यो । तिमी संग नजिक हुनलाइ म दिनहु मन्दिरकै वरीपरी बस्थे । म सधैं तिमी संग नजिक हुने बहाना खोज्थें र सोच्थें म रानीलाई कसरी आफ्नो नजिक बनाउ? त्यस्तै बहानामा म पनि तिम्रो लागि पुजाको समाग्री बेच्ने व्यापारी बने । मैले सोचे जस्तै तिमी मेरै सामु आइ फुल्पाती लिएर जान्थ्याै । अनि तिमी मेरो सामु पर्दा म गरूणको सामुन्ने सर्प भए जस्तो हुन्थें । फेरि तिमी संग नजिकिन मैले तिमीलाइ फिर्ता दिनुपर्ने पैसा छुट्टा नभएको बहानामा राख्थे ताकी तिमी सधै मेरो सामु पाई राखु भनी । रानी तिमी प्रति मेरो चाहना बढदै गयो। तिमीलाइ अनुरोध पनि गरे मलाइ भेट्न् तिमी आयौ पनि । मैले आफ्नो चाहनालाइ रोक्न सकिन मैले जहाँ बोलाए त्यही साराङगकोटमा आयौ ।

सायद केही पल भए पनि दैबले हाम्रो मिलन गराउन चाहन्थ्यो होला । त्यसैले त तिमीले मेरो प्रेमलाइ अस्वीकार गर्न सकिनौ रानी । त्यो पल मेरो जीवनले नया रंग फेरेको जस्तै भएको थियो रानी । तिमी रुपको मात्र सुन्दरी नभइ मनको पनि अति सुन्दर निष्चल कोमल भावकी थियौ । तिमी बोल्दा, तिमी हाँस्दा म मोहित भइ तिमीलाई नै हेरि रहन्थे । रानी तिम्रो र मेरो प्रेमको डोरी बाटिदै बाटिदै गएको पनि वर्ष दिन भएछ । रानी तिम्रो काखको सिरानी बनाएर निदाएको ती पल कति छिटो बिते पत्तै भएन । त्यो मेरो जिन्दगीको अति मिठो क्षण थियो । रानी प्रेममा सबै जायज हुँदो रहेछ । मैले तिम्रो तन मन हरेक अंगको स्पर्श लिए । रानी मैले तिम्रो भावाना माथी खेलवाड गर्न चाहेको हैन म तिमीलाई जीवनभर आफ्नो जीवन साथी बनाएर जिन्दगीमा सामेल गर्न नचाहेको पनि हैन । रानी तिमीलाइ मैले बाचा गरेको थिएं, म तिमीलाई बेहुली बनाइ मेरो घरमा लैजान्छु भनी । मैले घरमा कुरा पनि राखेको थिए । यदि घरपरिवार राजी नभएको भए पनि मैले तिमीलाइ आफ्नो साथ लिएर कहि टाढाको बस्तिमा गएर सानो र सुन्दर जीवन सजाउँथे तर पनि घरपरिवार राजी हुनु भएको थियो । रानी म खुसीले पागल जस्तो भएको थिएँ, म यति खुसी थिएँ कि त्यस्को कुनै सिमाना थिएन । जस्लाइ माया गरे आज उसैसंग जीवन सफल हुनि भयो भनी म खुशीले गदगद थिएँ। तिमी मेरो धड्कन बनेकी थियौ रानी, तिमी बिना त मेरो धड्कन मैले फेर्ने श्वास पनि अधुरो लाग्थ्यो । हो रानी त्यसैले म पागल जस्तै बतासिदै बाइक स्पिडमा कुदाए तिमीसँग जीवन बिताउने हरेक सपना देख्दै मैले रानीलाइ खुसी – सुखी बनाएर राख्छु, जीवनमा तिम्रा हरेक चाहाना पूरा गर्छु अनि हनिमुनको लागि पनि म त्यही सरांगकोट मै जानेछु जहाँ रानीको र मेरो पहिलो प्रेमालाप भएको थियो यस्तै सोच्दै म बिच रोडमा बाइक कुदाएको थिएं । रानी तिमीसंग कति खेर भेटेर खुसीका कुरा सुनाउ जस्तो भएको थियो ।

रानी सपना बुन्दा बुन्दै मेरो सामु अर्को गाडी आएको थाहै भएन । म बाइक संगै पल्टिँदा कति खेर कारको मुनि परेछु मलाइ कस्ले कति खेर मनिपाल हस्पिटल पुर्याए थाहा नै भएन । सायद दुई दिन पछि होस् आयो तर म अन्तिम श्वास लिदै थिए मेरो दुई खुट्टा नै थिएन बायाँ हात पनि थिएन । रानी म केही पल श्वास लिए पनि मरेको जस्तो भएको थिए । मेरो सामु नर्स थिइन, उनैलाइ इसरा गर्दै एउटा् कागजको पन्ना र कलम मागेर मैले तिमीलाई यो पत्र छोडेको छु । रानी मलाइ थाहा थियो म बाँचे पनि तिम्रो दु:ख सुखको सहारा बन्न सक्ने थिइन । तिमी बस्ने मन र यो श्वासले बिस्तारै मेरो शरीर छोडेर जाँदै थियो, तिम्रो मायामा अल्झिएको यो धड्कन ले शरीर छोडेको थिएन । सायद यो तिमीलाई अन्तिम सम्झना छोडनलाई होला रानी तिम्रो सिउँदो सजाउने तिमीलाइ आफ्नो बनाउने मेरो सारा सपना एक भयानक आँधी हुरि आएर भताभुंग पारी लग्यो । रानी हुन सक्छ भनी मलाइ माफ गरि देउ, तिमीले मलाइ सम्झेर नरुनु है नत्र भनी मेरो आत्माले शान्ति पाउने छैन । रानी यो पत्र तिमीले पाए पछि मेरो लास हेर्न नाआउनु है नत्र भनी मेरो आत्मा तिमीलाइ देखि दुःखी हुनेछ । रानी मेरो सम्झनामा जिन्दगी त्यसै नगाल्नु, एउटा् सुन्दर भबिष्य बनाउनु । जिन्दगीका हरेक पाइलामा तिमीलाइ सुख र खुशी मिलोस । रानी मेरो आँखा वरिपरी अँध्यारो छाउन थाल्यो । तिमीलाई आफुले भन्दा धेरै माया गरि तिमीलाई यो संसारमा छोडेर जाने उहीँ तिम्रो पापी राजा अल्बिदा रानी अल्बिदा….
समाप्त ।

खैरेनीटार, तनहुँ
हाल-कुवेत


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...