Wednesday 28th October 2026

श्रम स्वीकृति सहजीकरणको लागि वैदेशिक रोजगार विभाग “इ-टोकन र म्यासेजिङ” को ब्यवस्था गर्दै


तितोपाटी – श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरूका लागि वैदेशिक रोजगार विभागले इ-टोकन र म्यासेजिङ सेवा शुरू गर्ने भएको छ । विभागले यस अघि नै इ-स्टीकर सेवा शुरू गरि सकेको छ भने इ-टोकन र म्यासेजिङ सेवा यही मङ्सिर १५ गतेदेखि शुरू हुने बताइएको छ ।

इ-टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाईन फाराम पेश गर्नेबित्तिकै श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा हुने विभागले जनाएको छ। इ-टोकन सेवाबाट
सेवाग्राहीले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो रोज्न पाउने र जुन कार्यालयमा छिटै पालो आउँछ त्यो कार्यालयसमेत रोज्न पाउने छन् । यसबाट फारम स्वीकृत हुनेबित्तिकै कार्यालयमा लाइनमा बस्नुपर्ने छैन ।

त्यसै गरी म्यासेजिङ सेवा(मोबाइलमा एसएमएस जाने )ले सेवाग्राहीले फारम बुझाइसकेपछि श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नुपरेमा मोबाइलमा म्यासेज पठाउने छ । श्रम स्वीकृतिको जानकारीको बारेमा पनि मोबाइलमा मेसेज आउने विभागले जनाएको छ । सो को लागि सेवाग्राहीले अाफुले चलाइरहेको इमेल र फोन नं. राख्न पनि विभागले अनुरोध गरेको छ ।

अनलाइन भुक्तानीको लागि लामो समयदेखिको प्राविधिक तयारी पश्चात सेवा प्रदायकसँग सम्झौताको चरणमा विभाग पुगेको जनाउँदै यो प्रणालीले बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा विचौलियाको सहयोग लिनुपर्ने अबस्थाको अन्त्य हुने जनाएको छ ।

कामदार छनौट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाईन प्रणाली समेत तयार भै लागू गर्न अवस्थामा पुगेको बताउँदै सम्बन्धित सरोकारवालालाई ओरिएन्टेशन दिएपछि यो प्रणाली समेत लागू हुने विभागले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...