Monday 7th September 2026

कुवेतका सर्जकका गजल सम्मिलित कृति “अन्वेषीका पाइला” सार्वजनिक


तितोपाटी – कुवेतमा कार्यरत साहित्यप्रेमी युवा माधव पाैडेल “असल यात्री’ उपाध्यक्ष रहि तदर्थ समिति गठन गरिएको स्मृति साहित्य संगम औपचारिक रूपमा दर्ता भइ काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा गत शनिबार उद्घाटन भएको छ भने संस्थाको पहिलो कृति संयुक्त गजल संग्रह “अन्वेषीका पाइला”को समेत लोकार्पण गरिएको छ । उक्त गजल संग्रहमा कुवेतका साहित्य सर्जकद्वय अमर खड्का र माधब पाैडेल “असल यात्री” का १०-१० वटा गजल सम्मिलित छन् ।

‘स्मृति साहित्य संगमको पहिचान,जुझारु स्रष्टा गतिशिल अभियान’ भन्ने मुल नाराका साथ स्थापना भएको उक्त साहित्यिक संस्थाको उद्घाटन समारोह प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णु विभु घिमिरेको प्रमुख  अातिथ्यता तथा साहित्यकार माया ठकुरी र कवि राम प्रसाद ज्ञावालीको विशेष अातिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत विशेष अतिथिहरुले संयुक्त रुपमा गजल संग्रहको लोकार्पण गर्दै अतिथिहरुले स्मृति साहित्य संगमको उत्तरोतर प्रगतिको लागि शुभ कामना दिएका थिए । । कार्यक्रममा गजलकारहरु आवाज शर्मा, शिव त्रिपाठी र बसन्त ओली बसन्तीले गजल बाचन गरेका थिए साथै अन्य स्रष्टाहरुका समेत गजल कविता समावेश गरिएका थिए । युवा गजलकारहरुले गजल वाचन गरिरहदा हलमा तालीको गड्गडाहट फैलिएको थियो ।

कार्यक्रममा बौल्दै कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष उत्तम शर्माले आफूहरुले यौटा साहित्यिक संस्था जन्माएको तर यसलाई हुर्काउन बढाउन सबै साहित्यिक मनहरुको साथ र सहयोगको खांचो रहने बताएका थिए । सबैको साथ र सहयोग प्राप्त भएमा मात्र यो यौटा उत्कृष्ट संस्थाको रुपमा विकसित भएर जान्छ भन्दै सबैमा यो सस्थाको सदस्य बनेर सहयोग गर्न अपिल समेत गरेका थिए ।

साभार – नेपाल खबर डेली


सम्बन्धित शीर्षकहरु

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

प्रतिकृयाहरू
...