Friday 3rd July 2026

गायक सुन्दर परियारको दशैं गीत “दशैं तिहार आउँदा” युटुब मार्फत सार्वजनिक


तितोपाटी – लोक तथा दोहोरी गायक सुन्दर परियारकाे दशैं विशेष गीत “दशैं तिहार आउँदा” को भिडियो युटुब मार्फत बजारमा आएको छ । उक्त भिडियो गायकको आफ्नै युटुब च्यानल “सुन्दर परियार” मार्फत यसै हप्ता बजारमा आएको हो । यस अघि नै ८ वटा भन्दा धेरै गीति एल्बम बजारमा ल्याइ सकेका गायक परियारकाे यस पटकको दशैं तिहार आउँदा बोलको गीत यति बेलाकी चर्चित गायिका सुमधुर स्वरकी धनी शान्ति श्री  परियार र गायक स्वयंले गाएका छन् ।

शब्द संयोजन, स्वर र दृष्यको तारतम्य अत्यन्तै मिलेको यो दशैं विशेष गीतले परदेशिएका सम्पुर्ण नेपालीहरूको कारूणिक कथा व्यथालाइ गीत मार्फत ओकलेको छ भने मोडल सारिका केसिले अभिनय मार्फत गीत माथि न्याय गरेकी छन्  भने अभिनयमा नारायण परियार, सम्झना कंडेल र रविन परियार तथा बाल कलाकार दिपिका रहेका छन्। यस गीतको लय तथा संगीत संयोजन गायक स्वयंले गरेका छन् भने शब्द कान्छो काल श्री को हो । खड्ग बाजुरालीको मिक्सिङ रहेको यो गीत मालाश्री स्टुडियो काठमाण्डाैं र आरडी कृएशन कुवेतमा रेकर्ड गरिएको हो ।

बिष्णु कुंवरको निर्देशन, जनक अधिकारीको छायांकन र दिपक बिष्टको सम्पादन रहेको यो दशैं विशेष गीतको नेपाली समाजमा सबै भन्दा ठुलो चाडपर्वको रूपमा मानिएको दशैं तिहार केन्द्रत भएर भिडियो बनाइएको छ भने यो भिडियो स्वदेशमा बस्ने परिवारजन र परदेशमा बस्ने परदेशी दुबैको मन छुने र मार्मिक छ । लय, स्वर, संगीत र  छायाँकनको सयोंजन मिलेको यो धेरै दर्शक/श्रोताले मन पराउने निश्चित छ ।

भिडियो हेर्नुहोसः


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...