Monday 7th September 2026

सुदुर सांगीतिक धमाकामा रवि ओड र चक्र बमको कस्तो रहला केमेष्ट्री ? यो कुराकानी हेराैं


डिबि बुढाथोकी/कुवेत – नेपाल आइडल सिजन टु का बिजेता रबि ओड र गायक एवं मोडल चक्र बम आज कुवेत प्रस्थान गरेका छन् । कलाकारद्वय सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आयोजना गरेको दोस्रो वार्षिकोत्सब तथा अधिवेशन साथमा सुदुर सांगीतिक धमका 2019 को लागि प्रस्थान गरेको संस्थाका बरिष्ठ सल्लाहकार पुष्कर धामीले जानकारी दिएका छन्। कलाकारद्वय आज बुधबार साँझ स्थानीय समय अनुसार ७ः२० बजे  कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् भने आगामी शुक्रबार हवाली ब्ल्क १० स्थित ब्वाइज स्काउट क्लबको हलमा  भव्य सांगीतिक कार्यक्रम गर्नेछन् ।

विभिन्न किसिमका सामाजिक र मानविय सेवाका कार्यहरू गर्दै कुवेतमा कृयाशिल अन्य संघ सँस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै आएको सुदूरपश्चिमेली नेपाली समाज कुवेतले सेप्टेम्बर 20 तारीख शुक्रबार ब्वाइज स्काउट एसोसिएसन हल हवालीमा आयोजना गर्ने “दोस्रो वार्षिकोत्सब तथा अधिवेशन साथमा सुदुर सांगीतिक धमका 2019” एक च्यारिटी सो हुने समाजका अध्यक्ष अमर खड्काले यस अघि नै जनाइ सकेका छन् । नेपाली गित संगीतलाई औधी माया गर्ने नेपाली दर्शकको लागि यातायात साथै अन्य व्याबस्थाको बृहत तयारी गर्दै गरेको उक्त संस्थाका अध्यक्ष अमर खड्कासँगको यो मीठो कुराकानी हेरौ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...