Wednesday 22nd May 2024

थपडे कमरेडहरुले गर्दा सरकार कमजोर बन्दैछ


तोयानाथ उपेक्षित – कम्युनिष्ट राजनैतिक सिद्धान्त सिद्धिए पछि नैतिकता र जिम्मेवारीबोध नगर्ने, पावर र पहुँचको भरमा हैकम र हुल्लडबाज धेरै गर्ने समुहको विकास हुनु स्वभाविक हो । अहिले नेकपामा यो संस्कृति हुर्किरहेको देखिन्छ । यो विनाशको बाटोबाट जोगिन नैतिक क्षयीकरणलाई रोक्न सक्नु पर्दछ ।

दुई तिहाईको सरकार बनेपछि यसबाट अतालिनेहरुले जोरबल लगाएर प्रतिवाद र प्रतिरोधमा उत्रिएको बेला सत्ता र शक्तिमा रहनेहरुले संयमता अपनाउन पर्दछ । कार्यकर्ता तहमा भईरहेको रतन्धोपन कम गर्न प्रसंशा र थपडीको अपेक्षा गर्न भन्दा आलोचना र सुझाबमा धेरै ध्यान दिन जरुरी हुन्छ । आलोचना र विरोध लाई मण्डले देख्ने प्रबृती ले कमजोरी ढाकिन्न पनि सच्चिन्न पनि । विरोध का स्वरहरुलाई पनि सम्बोधन गर्ने दायीत्व राज्यको हुन्छ त्यसलाई कहिले माथिल्लो निकायमा रहेकाहरुले छौडा देख्ने कहिले प्रेत र पिसाच भन्ने कुरा तल्लो तहका अभिव्याक्ति हुन । यस्ता कुराले प्रजातन्त्र वा गणतन्त्रलाई स्वास्थ्य बनाउदैन ।

यहाँ केही सन्दर्भलाई कोट्याऔं  ।
१. सुन काण्डः सुन काण्डमा धेरै ठुलो गिरोहको हल्ला मन्त्रीले नै फैलाए । गृह मन्त्रीले नै ठुला माछाको कुरा गरे तर भ्यागुक्ता पक्रेर मुद्धा सेलायो । यसमा जनता सन्तुष्ट छैनन । यसलाई लिएर भएका आलोचनाको विरुद्ध कार्यकर्ता तहले गरेका प्रतिरोधी अभिव्याक्ति प्रत्युत्पादक छन ।

२. निर्मला काण्डः निर्मला काण्डमा प्रहरी संयन्त्र फेल भयो । बास्तविक हत्यारा पत्ता लाग्न सकेन । स्यम देशका उपप्रधानमन्त्रीले हत्यारा पत्ता लागि सक्यो घोषणा गर्न मात्र बाकी छ भनेर बोलिदिए आखिर त्यसो हुन सकेन । मन्त्रीहरु को बोलिमा ओजन देखिएन । यसको आलोचनालाई विरोध वा प्रतिगमनकारी देख्नु र जथाभावी गाली गर्नु कुनै पनि मुल्यमा जायज मान्न सकिन्न ।

३. सत्ताशिन पार्टीका प्रभावशाली मानिसले बालुवाटारको जग्गा खरिद गर्नु निन्दनिय हो । उहाँको जग्गा राज्यले हडप्ने भनेर मुद्धा सामसुम पार्ने कोशिष भए पनि यतिका महिना सम्म देशै भरी लुटिएका वा जालसाज र किर्ते गरी व्याक्तिका नामका जग्गा फिर्ता गर्न दुई तिहाइको सरकारले सक्छ तर यसतर्फ पत्यारिलो कदम चालिएको देखिंदैन ।

४. वाईडबडी काण्डः सामसुम पार्ने काम भईरहेको छ । मन्त्री योगेशसँग जनताले ठुलो अपेक्षा गरेका छन तर उनले पर्यटन बर्षको सफलता र नयाँ एयरर्पोट निर्माण वा भईरहेका कामलाई गतिदिने गरी व्यस्त भईरहदा उक्त मुद्धा ओजेलमा पर्न हुदैन उनले वाईडबडी को यर्थाथ बाहिर ल्याउन सकेनन भने उनले जतिसुकै राम्रा काम गरे पनि सफल मानिने छैनन । बरु उनले अरुको समयका्े अवमुल्यन गरे र प्लेन लाई समयमा उडन बाट रोके भनेर कडा विरोध भएको छ यस घटनाले देशभरी नै झगडा लागेको छ । एकथरी कार्यकर्ता आँखा चिम्म गरेर विरोध गर्नेहरुलाई गाली गर्न लागेका छन । मन्त्रीहरुले सच्चिन पर्ने प्रतिनिधिमुलक घटना हो यो तर विरोध गर्ने वा आलोचना गर्ने सवैलाई प्रतिगमनकारी वा विराधी ठान्ने डरलाग्दो हुल्लडबाजको विकाश भईरहेको छ ।

५. पत्रकार रवि लामिछाने प्रकरणमा पनि सत्ता र सरकार नांगिएको छ । सत्तासिन पार्टीलाई भोट हालेका आम मानिसले रवि माथि गरिएको सरकारी व्यवहार र संञ्चार मन्त्री समेतको अभिव्याक्तिलाई अहमबादी एवं हैकमबादी अभिव्याक्तिको रुपमा लिएका छन । एकथरी कार्यकर्ता आँखा चिम्मेर रवि का समर्थकलाई गाली गलौज को शैलीमा उत्रिनु निक्कै दुर्भाग्यपूर्ण कुरा हो । यसरी हरेक कमी कमजोरी ढाक्न आलोचनाका विरुद्ध धाक धम्की वा निम्न स्तरको टिप्पणी राजनैतिक स्तरबाट हुदा हिजो को जनमत घट्दै त छैन भनेर विश्लेषण गर्न पर्दैन ।

६. मेलाम्चीको पानी ले काठमाण्डौबासीको प्यास बुझाउने आश्वासन सवै कालखण्डका सवै सरकारहरुले दिए । समय तोकेर भाषण नै गरे तर काम २५ बर्षसम्म पनि हुन सकेन । पछिल्लो समय ठेकेदार भागे पनि त्यसलाई कसरी समयमा सम्पन्न गर्ने भनेर सरकारले ठोस कार्ययोजना सहित आश्वासन दिन र काम गर्न सकेन के यसको विरोध जनता ले गर्न नपाउने ?

७. गुठी विधेयक को जवरजस्त संसदमा प्रवेश गराउने काम गर्नाले काठमाण्डौका रैथाने नेवार जातिमा के सन्देश गयो । अन्तत सरकार पछि हट्न परयो यो लज्जास्पद हारलाई हार्दिकतापूर्वक स्वीकार गर्न पर्दैन ? तर त्यसलाई पनि प्रतिगमनकारी को हुल देख्ने काम सत्तासिन दलको कमजोरी नभएर के हो ?
८प्रधानमन्त्री ओली ले मिठा मसिन जस्ता सुकै उखान टुक्का सुनाएर सहज रुपमा सामान्य मानिसको मन जित्ने अभिव्याक्ति दिनु हुन्छ यस्तो क्षमता बिरलै मानिस मा हुन्छ । उखान टुक्का को शैली लाई विरोध गर्ने निम्न कोटीका मानिस हुन तर पुरा हुन बर्षौ लाग्ने राष्ट्रिय महत्वका विकाश वा अभियानलाई हचुवाका भरमा समय तोकेर बोल्नाले उहाँको कद खस्किएकै हो । न पानी जहाँज न त घर घरमा ग्यास वा धाराधारामा पानी । उहाँले पाउने सूचना संयन्त्रमा हेलचेक्राई गर्नेहरुलाई कारबाही नगरेर आफै लज्जित हुनुले उहाँ झनै कमजोर प्रम बन्नु हुदैछ ।

९. भ्रष्टचारीहरु धेरै समातिएर नै धेरै भ्रष्टचार भएको भने जस्तो भान परेको छ । यसलाई प्रतिरोध गर्न कार्यकर्ताले तथ्यांक जाने, विश्लेषण गर्ने र प्रचारमा जाने क्षमता राखेनन । त्यसको फाईदा अरुले उठाई रहेका छन । सत्ताशिन कार्यकर्ता भने पाँडे गालीमा व्यस्त छन ।

१०. एनसिएल कर छुट दिने काण्ड गंभिर छ । यसमा फैसला सुनाउने न्यायधिसका विरुद्ध सरकारले कडा कदम चाल्न सक्छ तर अदालतको फैसला भने पन्छने सरकारी रबैया देखिन्दैछ । सरकार मौन बसेमा यसमा गंभिर आशंका जनताले गर्ने छन जसले यो सत्ताको बदनियत नै गर्ने छ । तर कार्यकर्ता उचालेर सामाजिक संजालमा नियन्त्रण गर्ने प्रयास नहोस सवै ले सचेत हुन पर्दछ ।

एउटा पनि थपडे कमरेडहरुले सरकारका गल्ती र पार्टीका कमजोरी देख्दैनन । बरु आफ्नै नेतालाई गुटका कारण गाली गर्दछन तर कमजोरी स्वीकार गर्दैनन । आलोचना गर्नेलाई शत्रु देख्ने संस्कृति दासता र सस्तो चाकडी शिवाय केही होईन । एउटा सचेत नागरिकले साँचो र झुठो देख्छ तर रतन्धो लागेका कार्यकर्ताहरुको अप्रेशन गर्न कुनै विज्ञानले सक्दैन । आलोचना स्वीकार गर्ने सदबुद्धी भएन भने अर्को चुनावमा जनताले पाठ सिकाउने छन । सवैको जय होस ।


सम्बन्धित शीर्षकहरु

एजेन्सी-अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गरेका छन् । आक्रमणमा ४० जनाको मृत्यु भएको छ । उनीहरुले गाउँमा अन्धाधुन्ध…

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित समर फेसन स्पेशल २०२४ को मे १६ का दिन अल राई आउटलेटमा आधिकारिक रूपमा सुरू गर्यो।…

प्रतिकृयाहरू
...