Wednesday 7th October 2026

विदेश जान अब अनिवार्य बैंक खाता चाहिने


तितोपाटी-सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र स्वीकृति जारी गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृतिका लागि आवेदन दिदाँ बैक खाता पनि पेश गर्नुपर्ने जनाएको छ ।विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई बैक खाताको विवरण पेश गर्ने सूचनामार्फत जानकारी गारएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई बैकिङ दायरा र बैक खाताको पुहँचमा ल्याएर व्यवस्थीत गर्ने लागिएको विभागमा महानिर्देशक भीष्मकुमार भुषालले बताएका छन् ।वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको आवेदन गर्ने व्यक्तिले फाराम भर्दा बैक खाताको विवरण पेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिने विभागले सूचना भनिएको छ । सरकारले वैदेशिक रोजगारीमा व्यक्तिगत र संस्थागत जाने कामदारको विवरण राख्न यस्तो व्यवस्था ल्याएको विभागले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...