Wednesday 28th October 2026

विदेश जान अब अनिवार्य बैंक खाता चाहिने


तितोपाटी-सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र स्वीकृति जारी गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृतिका लागि आवेदन दिदाँ बैक खाता पनि पेश गर्नुपर्ने जनाएको छ ।विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई बैक खाताको विवरण पेश गर्ने सूचनामार्फत जानकारी गारएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई बैकिङ दायरा र बैक खाताको पुहँचमा ल्याएर व्यवस्थीत गर्ने लागिएको विभागमा महानिर्देशक भीष्मकुमार भुषालले बताएका छन् ।वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको आवेदन गर्ने व्यक्तिले फाराम भर्दा बैक खाताको विवरण पेश गर्नुपर्ने व्यवस्था अनिवार्य गरिने विभागले सूचना भनिएको छ । सरकारले वैदेशिक रोजगारीमा व्यक्तिगत र संस्थागत जाने कामदारको विवरण राख्न यस्तो व्यवस्था ल्याएको विभागले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

प्रतिकृयाहरू
...