Wednesday 7th October 2026

गायक सुन्दर परियारको “परदेशी घर फर्कने कहिले हो…” युटुबमा सार्वजनिक


तितोपाटी – गायक सुन्दर परियार र रूपा दाहालको स्वर रहेको “परदेशी घर फर्कने कहिले हो…” बोलको मार्मीक गीत युटुबमार्फत  सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा खाडीका राष्ट्रहरूमा चक्कर लगाइ सकेका गायक सुन्दर परियारको यो अाठाैं गीति एल्बम हो  भने परदेशी जिवनको यथार्थलाइ छायांकन गरीएको उक्त गीत गायकको अाफ्नै युटुब च्यानल सुन्दर परियार बाट सार्वजनिक भएको हो ।

गायक स्वयंको शब्द संकलन र संगीत रहेको म्युजिक भिडियो “परदेशी घर फर्कने कहिले हो…” मा युगल गायनमा रूपा दाहालले साथ दिएकी छन् भने यतिखेरका निकै चर्चित मोडल बिमल अधिकारी र सम्झना कंडेलको अाम प्रवाशि श्रमिकले  भोग्न परेको पीडाको जिवन्त अभिनय रहेको छ  भने म्युजिक एरेन्जमन्ट रामचन्द्र चन्दले गरेका छन् ।

गुरूअामा फिल्मस् प्रा. लि. को प्रस्तुतिमा स्मृति तिमिल्सिना “गूरूअामा” को निर्देशन र प्रकाश धमलाको सम्पादनमा निर्माण भएको उक्त म्युजिक भिडियोको  शब्द, संगीत र गायनमा गायकले गीतलाइ न्याय दिन सफल भएका छन् । गायन, शब्द र संगीतका त्रिबेणी बनेका परियार छिट्टै नै वालिङ तरेसी, दशैं तिहार जस्ता एकल लोकगीत ल्याउने तयारीमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...