Thursday 16th May 2024

कथाः दमन


जानकी जानु – जुनकिरीको किरकिर आवाज अनि गैरी खेतबाट सुनिने भ्यागुताको ट्वार ट्वार आवाज र औँशीको कालो रातको चित्कार संगै मनमा हजारौँ प्रश्न हरुले आफैलाई प्रतिप्रश्न गरि रहेको छ । तर म नाजवाफ भएर सोच्दै छु कि म को हुँ ? तर पनी म संग जवाफ छैन र म दमनमा परि रहेको छु र म भित्र बलेको आक्रोशको आगोले मलाई पिल्साइ रहेको छ, पोली रहेको छ । किनकी मैले कसैलाई आफूभन्दा धेरै माया गरेको थिए । माया त उनले पनी गर्थिन् किनकी म उनीलाई दोष दिन चाहान्न उनले पनि उतिकै माया गर्थीन जति मैले माया गर्थे । हामी एक अर्का देखि टाढा बस्न सक्थेनौ । हामी स्कुलमा, पानी पधेरोमा। बजारमा संगै हिड्थ्यौ । मेरो घर र उनीको घर वारी पारी पर्थ्यो तर एक दिन उनको घर परिवारले हाम्रो प्रेमको बारेमा थाहा पाएछन् र उनीलाई घरबाट बाहिर निस्कन बन्चित गराए छन । उनको बाउले भराउटे सुकुल गुन्डाहरू उठाएर मेरो धुलाई गर्न आए ।

एक दिन अचानक बाटोमा मलाई प्रहार गरे मोडेर हेर्दा आफ्नै ससुरा बा पो रहेछन् बुढा ? ए केटा त आफ्नो औकातमा बस्न सिक तलाई कस्ले भन्यो मेरो छोरी संग माया प्रेम गाँस्न । राम राम राम !!! कामीको जात भएर बाहुनको छोरी ताक्ने आफ्नो हैसियत देख्या छस् तैँले ? हेर केटा आईन्दा तँलाई मेरो घरको वरिपरि देखे भने मेरी छोरीलाई भेट्ने कोसिस गरिस भने तेरो हात खुट्टा भाँचेर फ्याकी दिन्छौ पानी नचल्ने जातले बाहुनको छोरी आट्ने !

बस, अब अति भयो के सानो जातले माया गर्न हुदैन ? माया गर्नु पाप हो ? तपाईँ पनि मान्छे म पनि मान्छे त रह्यो जात केमा ? जन्मिदा कसैले जात धर्म निधारमा लेखेर आएको हुदैन । जात धर्म तपाईहरू जस्ताले बनाएको हो । कुनै पनि धर्म शास्त्रमा जात जातीयताको भेदभाव हुन्छ भनेर लेखिएको छैन । जात हुन्छ त मात्र पुरुष स्त्रीमा, त कहाँबाट आयो जातको कुरा ? तपाईँले पुज्ने भगवान् र हामीले पुज्ने भगवान् एउटै हो, त कसरी भयो मान्छे मान्छेमा भेदभाव ? कुन जातिको कुरा गर्नुहुन्छ तपाईँ ? दमाईले सिलाएको कपडा लगाउनु हुन्छ सार्कीले सिलाएको जुत्ता लगाउनु हुन्छ कामीले बनाएको चुलोमा खाना बनाउनु हुन्छ ठेकीमा दही मोथ्नु हुन्छ । कुकुर बिरालो संग छोइदा तपाईहरू अछुत बन्नुहुदैन । हामी मान्छे संग छुदा तपाईहरुलाई सुन पानी चाहिन्छ । त्यो सुन पनि त अछुत जातले बनाएको हो । त कसरी मानवमा मानवताको भेदभाव भयो ? त्यसैले मायामा कुनै जात हुदैन पानी जस्तो संग्लो हुन्छ । त्यसमा कुनै रङ हुदैन मुख्याबा ।

मैले तेरो भाषण सुन्नु छैन तँलाई तेरो ज्यानको माया छ भने आफ्नो बाटो लाग ।

मुख्याबा मलाई मेरो ज्यानको भन्दा तपाईँको छोरीको माया धेरै छ ।

यदि मलाई मारेर तपाईँले तपाईकी छोरीलाई खुसी राख्न सक्नुहुन्छ भने मार्नुस मलाई कुनै डर छैन । मायामा कत्तिको तागत हुन्छ त्यो तपाईँलाइ थाहा नै होला । शरीर मरेर जाला, जलेर जाला तर हाम्रो माया मर्दैन र मार्न पनी सक्नुहुन्न । तर ति भरौटे सुकुल गुन्डाहरू म माथी जाई लागे टाउकोमा चोट पर्दा थाहा भएन म कति खेर बिहोस् भए । ति जातको नाममा कलंक लगाउने पापीहरूले राता रात उनीलाई कहाँ पुर्याए थाहा भएन । गाउँ घरका भलादमी जम्मा भए तर त्यहाँ पनि जातमा प्रश्न चिन्ह लगाइयो । कामले कामी भयो, सिपले दमाई तर के हामी मान्छे हैनौ र ? हामीलाई मान्छे भएर मान्छेको बराबरी हकमा बाच्ने कुनै अधिकार छैन ? म कामीको छोरो थिए उनी बाहुनकी छोरी हुन् भन्दैमा माया गर्न पाप थियो ? किन दलित भनेर हामी माथि दमन गरिएको छ ? किन ? किन ?


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...