Thursday 6th August 2026

इराक लैजान खोजिएका १७९ नेपालीको भारतबाट उद्धार


तीतोपाटी- भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ ।

मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीकाे जिम्मा लगाएका थिए। माइती नेपालका अध्यक्ष विश्वराम खड्कासहितको टोलीले मानव बेचविखनको जोखिममा रहेका उनीहरुको उद्धार गरेको हो।

अध्यक्ष खड्काले माइती नेपाललाई प्राप्त अति गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमार हुँदै इराक लैजान लागिएको अवस्थामा उद्धार गरिएको हो। बेचविखनमा संलग्न १ महिलासहित ९ जना आरोपीहरुलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

माइती नेपालले भारतस्थित नेपाली दूतावास र महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार र मणिपुर सराकार, मणिपुरस्थित गोरखा दु:ख निवारण समिति जस्ता संस्थाहरुलाई पत्राचार र प्रत्यक्ष समन्यव गरेको थियो।

उद्धार गरिएकाहरुलाई सोमबार राति नेपाल ल्याइने छ। माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेका अनुसार उद्धार गरिएकी एक महिलाको अस्वस्थताका कारण नेपाल ल्याउन ढिलाई भएको हो। ‘सोमबार राति या मंगलबार बिहानसम्ममा पुऱ्याइन्छ होला’, घिमिरेले भने।

अध्यक्ष खड्काले मानव तस्करीको यस प्रकारको भयाभह घटनामा संलग्न गिरोहलाई कानुनी दायरामा ल्याई कडा भन्दा कारवाही गर्न माग गर्नेरपीडितलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारसँगपहल गरिने जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

प्रतिकृयाहरू
...