Saturday 3rd October 2026

निरेम प्रोडक्सनले कुवेतमा संकलित ७०० थान कपड़ा मकवानपुरका चेपाङ समुदायलाई वितरण गर्यो


तितोपाटी – मल्टिमिडिया मार्फत सुचना, समाचार, खेलकुद, मनोरन्जन लगायतका गतिविधि सम्प्रेषण गरिरहेको मिडिया समुह निरेम प्रोडक्सनले कुवेतमा संकलन गरेको लत्ता कपडा नेपालमा चेपाङ समुदायमा वितरण गरेको छ । कुवेतमा कृयाशिल हरेक संघ सँस्थाले एक न एक सामाजिक र मानविय सेवाका कार्यहरू गरिरहेकै वखत यो मिडिया समुहले गत १५ अक्टोबर २०१८ देखि “नयानो बाढाैं” अभियान चलाएर संकलन भएको सामाग्री गत सोमबार मकवानपुर स्थित कैलाश गाउँपालिका -८ का चेपाङ समुदायमा वितरण गरेको कुरा निरेम प्रोडक्सनका कार्यकारी प्रमुख राज मल्लले तितोपाटी डट कम लाइ बताएका छन् । हामी नेपालीहरू विश्वको जुनसुकै भुगोलमा भए पनि एक नेपालीको दुःखमा अर्को नेपालीले मलहम पट्टी गर्ने नेपालीको  विशेषता नै हो भन्दै निरेमले सोही कार्य गरेको कार्यकारी प्रमुख मल्लले बताए ।

आफै कमाउनु र आफै खानु यो प्रकृति हो ,अरुले कमाओस तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृति हो। प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृति संग जोडिएको छ । देश होस या परदेश हामी जहाँ रहेपनि सेवाको भावनालाई आत्मसात गर्दै आएका छौ भन्दै निरेमले अभियान चलाएको थियो भने “न्यानाे बाढाैं” अभियानमा कुवेत रहेका सामाजिक अभियन्ताका साथै तमु समाज कुवेतले न्यायो अभियानमा विशेष सहयोग गरेको थियो भने  TVS कार्गोको विषेश सहगोयले संकलित कपड़ा नेपाल पठाउन पठाइएको थियो ।

करिव ३ महिनाको अथक प्रयास पछि गत सोमवार कैलाश गाउपालिका -८ मकवानपुरका चेपाङ समुदायलाई मनहरी यूवा क्लवको सहकार्यमा कुवेतबाट संकलित ७ सय थान कपड़ा हस्तान्तरण गरि “न्यानो बाढौ “ अभियानको समापन गरेको जनाएको छ भने मनहरि यूवाकल्बका अध्यक्ष समिप श्रेष्ठ , कैलाश गा.पा कि उपाधक्ष्य सुरु माया थिगं लयागत “न्यानो बाढौ”अभियानको परिकल्पना गर्ने निरेमका सदस्य शुरेश थिगं , कपड़ा संकलन गरि हस्तांतरण गर्ने कुवेतका कृयाशिल सामाजिक अभियन्ता लगायत यस अभियानमा आर्थिक , भौतिक तथा नैतिक सहयोग गर्ने सम्पूर्ण प्रति निरेम प्रोडक्सन कुवेत परिवारल कृतज्ञता व्यक्त गरेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...