Friday 29th March 2024

कुवेतमा स्पोन्सरको छोराद्वारा छुरी प्रहार गरी नेपाली घरेलु महिला कामदारको हत्या,संपर्कमा आउन परिवारलाई दुताबासको आग्रह


हरि कृष्ण न्यौपाने- कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा प्रहार गर्ने कुवेती नागरिक जेलमा रहेको र घट्नाको थप अनुसन्धान भईरहेको बताइएको छ।

नेपाली दूतावास कुवेतका द्वित्तिय सचिब ज्ञान बहादुर मगरले तीतोपाटी डटकम संग भने”मृतकको आफन्त अनी घर परिवारसंग संपर्क पनि हुन नसक्दा शब पठाउन र अन्य कानुनी प्रकृया शुरु गर्न सकिएको छैन। मगरले थपे”आफ्नै कुवेती मालिकको छोराबाट छुरी प्रहार गरी पेसल माया राइको हत्या भएको प्रमाणित भईसकेको छ भने हत्या गर्ने मालिकको छोरो हाल कुवेतको जेलमा छन। मृतक पेसल माया राइको परिवार वा आफन्तहरु कसै संग पनि संपर्क हुन नसकेको हुँदा शब पठाउने तथा मृतकको परिवारले पाउने क्षतिपुर्ती लगायत अन्य कानुनी प्रकृया शुरु हुन सकेको छैन।” द्वित्तिय सचिब मगरले यसै समाचार मार्फत मृतक पेसल माया राइको परिवार वा आफन्तहरुलाई नेपाली दूतावास कुवेतको संपर्कमा आउन अनुरोध गरेका छन।

मृतक पेसल माया राइ बि.सं. २०७० भदौ ४ गते ब्यक्तिगत भिसामा कुवेतका लागि घरेलु महिला कामदारका निमित श्रम स्विकृति लिएर कुवेत आएको रेकर्डमा देखिएको छ।राहदानी जारी मिती २७-जुन, २०१३(सुनसरी) र जन्म मिती १९७३ नोभेम्बेर-१२ रहेकी पेसल माया राइलाई चिन्नु हुनेले उनको परिवार वा आफन्तहरु सम्म यो सुचना प्रवाह गरिदिन अनुरोध गर्दै नेपाली दूतावास कुवेतको हटलाइन नं-००९६५- ९८८६९१२१ मा सम्पर्क गरिदिनु हुन नेपाली दूतावास कुवेतले आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...