Saturday 4th May 2024

तेश्रो संविधान दिवस धुमधामका साथ मनाइंदै(फोटो फिचर सहित)


तितोपाटी – संविधानसभामार्फत बनेको नेपालको सविधान जारी भएको २०७२ आसोज ३ को अवसरलाई राष्ट्रिय महत्वको उत्सव मान्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी तेस्रो संविधान दिवस मनाइदैछ। संविधान दिवसको अवसरमा सरकारले आज राजधानीको सैनिक मञ्च टुडिखेलमा एक विशेष समारोहको आयोजना गरेको थियो। राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, प्रधान न्यायाधीशलगायतका स्वदेसी तथा विदेशी विशिष्ट व्यक्ति सहभागी उक्त समारोहमा शुभकामना आदानप्रदानसहित विभिन्न झाँकी तथा प्रदर्शन गरिएको थियो।

संविधान दिवसको अवसरमा विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिने छ ।

राष्ट्रिय पार्टीहरूले असोज ३ मा संविधान दिवस मनाइरहँदा संसद्मा प्रतिनिधित्व गरेका तराई मधेस केन्द्रित दुई राष्ट्रिय दल जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल भने संविधान दिवसका दिन दोहारो चरित्रमा देखाएका छन् । राजपाका कार्यकर्ताले  उनीहरूको वर्चस्व भएका क्षेत्रका सरकारी कार्यलयमा कालो झण्डा गाडेका छन् भने काठमाण्डाैंमा भने चुप लागेर बसेका छन् । संविधानको सम्बन्धमा जनजाती महासंघ, राजवादी र महिला अधिकारकर्मीहरू पनि असन्तुष्ट रहेका छन् भने जनमोर्चा संघियता खारेज हुनु पर्छ भन्ने अडानमा रहेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशः

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन् । उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै माजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले, “सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ ।”

राष्ट्रपतिले संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत गरिन् । संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामनासमेत गरेकी छन् ।

नेपालको संविधान जारी भएपश्चात् संवैधानिक प्रावधानको मर्म र भावनाबमोजिम स्थानीय तह र प्रदेश एवं सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै राष्ट्रपतिले बहुलवाद र बालिग मताधिकारका आधारमा भएको निर्वाचनबाट जननिर्वाचित संस्था गठन भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको उल्लेख उल्लेख गरेकी छन् ।

नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र देशविदेशमा रहनुभएका नेपालीलाई राष्ट्रपतिले आह्वान गरेकी छन् ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री अोलीको शुभकामना सन्देशः

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता ठिक कि बेठिक भन्ने प्रश्न अव नरहेको बताएका छन्। तेस्रो संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजिक समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयन भएन संघीयता असफल हुन लाग्यो भन्ने कुरालाई एक्सनले जवाफ दिइसकेको बताए।
उनले देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेकोले राजनीतिक नाममा कुनै पनि जवर्जस्ती र अनुचीत कामको आवश्यक नरहेको बताए। ‘अव लोकतान्त्रिक आन्दोलन हो जसले नागरिकमा दायीत्व बोध गराउँछ’, उनले भने, ‘हामी विकास र समृद्धिको दिशामा अघि बढ्नु पर्छ।’

उनले हाम्रो संविधानलाई कसैंसँग दाँज्न जरुरी नभएको बताए। संविधानले पुस्तौदेखि चलिआएका कुराहरुलाई पनि समेटेको बताए। लोकतन्त्रका विश्वव्यापी अवयवहरुलाई संवैधानिक रुपमा व्यवस्था गरिएको उनको भनाई छ।

संविधानले लोकतान्त्रिक मुल्यमान्यता सहितको समाजवाद स्थापना गर्ने लक्ष्य बोकेको उनको भनाई छ। नेपाली समाजमा विष्फोट भएका विद्रोहका स्वरलाई संविधानले व्यवस्थापन गरेको बताउँदै उनले शान्ति प्रक्रियाले विश्व तहको मानक तय गरेको प्रष्ट पारे।

विकास र समृद्धिको लक्ष्य बारे अरु केही हुन नसक्ने उनको धारणा छ। ‘समृद्धि र विकास कसैको नाम होइन’, उनले भने, ‘यो हाम्रो लक्ष्य हो।’

समृद्धि र विकास प्रधानमन्त्रीको विषय मात्र नभएर समग्र नेपालीको विषय भएको उनले बताए। उनले यो राष्ट्रिय दायीत्व पुरा गर्न सबै नेपालीलाई एक साथ अघि बढ्न आग्रह गरे।

‘हामी सपना देखाउने चरणबाट काम गर्ने चरणमा छौं,’ ओलीले भने, ‘काम भएन भन्ने सुनिएको छ’, उनले भने, ‘यहाँ यतिबेला तिब्र गतिमा दौडन खोज्ने र गरिहाल्छन् नि भन्नेबीचको बेमेल भइरहेको छ।’ केही मानिसले सरकार बनेको ६ महिनामै ठिक ठाक खोजिरहेको समेत उनले बताए।

 


सम्बन्धित शीर्षकहरु

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...