Wednesday 24th April 2024

बालकको अाँखाकाे अप्रेसनको लागि आर्थिक संकट, नमुना बिश्वकर्मा समाज कुवेतले अभियान चलाउने 


तितोपाटी – कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि. क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा नजिन बि.क को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा क्यान्सर भएर अाँखाकाे ज्योती समेत गुमेको छ ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले समयमै उपचार गराउन नसक्दा अाँखामा क्यान्सर भएको हो । पोखराको अस्पतालमा समेत उपचार गर्न नसकेर पोखरा बाट ललितपुरको क्यान्सर अस्पतालमा पठाएको छ । ललितपुरको क्यान्सर अस्पतालमा उपचाररत नजिरको अाँखाकाे अप्रेसन गर्नको लागि डाक्टरको भनाइ अनुसार १६ लाख भन्दा बढी रकम लाग्ने अभियन्ता बबिता योन्जनले बताएकी छिन ।

सानै उमेरमा अाँखाकाे ज्योती समेत गुमाएका नजिनको अाँखाकाे अप्रेसनको लागि अध्यक्ष भिम बहादुर गदलको संयोजकमा चार सदस्यीय आर्थिक संकलन समिति गठन गरेको छ । आर्थिक संकलन समितिमा समाजका द्वितीय उपाध्यक्ष टेक बहादुर बिश्वकर्मा, महाससचिब चन्द्र बिश्वकर्मा, सहसचिब गिता बिश्वकर्मा र काेषाध्यक्ष गोपाल गदाइली बिश्वकर्मा रहेको नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतका बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर बिश्वकर्माले तितोपाटी लाई जानकारी गराएका छन ।

कुवेतको नेपाली समाजमा कृयाशिल संघ – सस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई नजिनको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिनको लागि नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक अपिल गरेको छ ।

तपाईंले पनि सहयोग गर्न चाहानु हुन्छ भने कृपया तल उल्लेखित नाम र मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

अभियान संयोजक – भिम बहादुर गदल (+96566592280)
टेक बहादुर बिश्वकर्मा (+96560489899)
चन्द्र बिश्वकर्मा (+96567799127 / 50741292
गिता बिश्वकर्मा
गोपाल गदाइली बिश्वकर्मा

नेपालमा सम्पर्क – अभियन्ता बबिता योन्जन ( +977980-3446616)
नजिनको आमा उदिमाया बि.क ( +9779806126936)
गोर्खाज फाइनान्स, खाता न. (10180110166256524)


सम्बन्धित शीर्षकहरु

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

एजेन्सि-दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मंगलबार र…

प्रतिकृयाहरू
...