Tuesday 6th October 2026

कुवेतमा सवारी दुर्घट्नामा एक नेपालीको मृत्‍यु, केही घाइते


हरि कृष्ण न्यौपाने- खोटाङ घर भई कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेतमा कार्यरत ३२ बर्षिय पासाङ दोर्जे शेर्पाको सवारी दुर्घटनामा मृत्‍यु भएको छ। हिजो सेप्टेम्बर १६, आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा उक्त सबारी साधन दुर्घटना हुँदा शेर्पाको र एक भारतीय नागरिकको मृत्‍यु भएको हो भने केही नेपाली कामदारहरु घाइते भएका छन।

नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तितोपाटी डट कमसंग भने” सबारी दुर्घटनामा खोटाङका राहदानी नं-०८००७२४ का पासाङ दोर्जे शेर्पाको मृत्‍यु भएको, सोही दुर्घटनामा एक भारतीय नागरिकको पनि मृत्‍यु भएको तथा केही नेपाली कामदारहरु घाइते भएको प्रारम्भिक जानकारी आएको छ।”लिङ्देनले थपे,”केही नेपाली कामदारहरु सामान्य घाइते भएको भन्ने जानकारी आए पनि अन्य पूर्ण जानकारी आउन बाँकी छ। मृतकको शबलाई आबस्यक प्रकृयाको लागि फर्वानिया अस्पातलमा राखिएको छ भने कानुनी लगायत अन्य प्रकृयाको लागि काम शुरु गरि सकिएको छ।”

फोटो साभार-कुवेत टाइम्स


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...