Tuesday 6th October 2026

हास्य कलाकार गोपाल नेपाल(फिस्टे) पनि गायन श्रेत्रमा प्रवेश


माधब पौडेल / तितोपाटी डटकम – हास्य कलाकार गोपाल नेपाल(फिस्टे) पनि गायन क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकामा अायोजना हुने कार्यक्रमहरुमा अाफ्नो कला प्रस्तुत गरेर हसाउने नेपालले अमेरिकाको बसाइँमा अमेरिका अमेरिका नभई “अामरिका खा ” भन्ने ब्यङगे गितमा अाफ्नो स्वर दिदै गायन श्रेत्रमा पनि कदम चालेका छन् भने ” तिमी मलाई माया गर्छौ गर्दिनौ “नियम कडा छ ” बोलको गितहरु पनि छिट्टै बजारमा अाउने जानकारी तितोपाटी डट कम लार्इ दिएका छन् ।

नेपाल टेलिभिजनमा प्रसारण हुने ट्वाक्ट टुक्क बाट बाल हास्यकलाकार(फिस्टे)को रुपमा कला क्षेत्रमा प्रवेश गरेका गोपाल नेपालले नेपाल टेलिभिजन बाट प्रशारण हुने हास्य कार्यक्रमहरु काउकुती ,तितोसत्यमा (नेता) र जिरे खुर्सानीमा( नियम कडा छ ट्राफिक हवल्दार )को भुमिका मा अाफ्नो उत्कृष्ट कला प्रस्तुत गर्दै लाखौं नेपाली दर्शकहरुको मन जित्न सफल रहेका थिए । बिभिन्न नेपाली चलचित्रहरु र असंख्य म्युजिक भिडियोहरुमा राम्रो अभिनय प्रस्तुत गर्न माहिर नेपाल नृत्य पनि असाध्यै राम्रो गर्छन् ।

सिन्धुपाल्चोक जिल्ला हाल बलेफी गाउँपालिका स्थायी घर भएका नेपालले बाल्यकाल र योवन अबस्था राजधानीमा नै बिताएका थिए । पाँच बर्ष अगाडि अमेरिका पुगेका नेपालले छ‍ोटो समयमा नै ग्रनकार्ड लिन सफल भए । अाफ्नी श्रीमती र दुई छोरा सहित अमेरिकाको केन्टाकीमा बस्दै अाएका नेपाल अन्तर्राष्ट्रिय कलाकार समाज केन्टाकीका अध्यक्ष पनि हुन् ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...