Tuesday 6th October 2026

प्रेम बचाउ अभियान मूल समितिद्वारा पत्रकार सम्मेलन अन्य खर्च मात्र करिब २३ लाख


तितोपाटी डटकम-प्रेम बचाउ अभियान मूल समितिले हिजो एक पत्रकार सम्मेलन गरि अभियानको आय ब्याय सार्बजनिक गरेको छ । रिपोर्टर्स क्लबमा हिजो पत्रकार सम्मेलनको आयोजना गरि सम्पुर्ण आय ब्याय विवरण सार्वजनिक गरेको हो ।

समितिले सार्वजनिक गरेको विवरण अनुसार समितिमा ९२ लाख ८ सय एकाउन्न, बैंकबाट प्राप्त ब्याज ९ हजार १ सय ४ रुपैयाँ गरि जम्मा ९२ लाख ९ हजार ९ सय पचपन्न जम्मा भएको उल्लेख गरेको छ ।

खर्च तर्फ भने संचार तथा कार्यालय ब्यावस्थपन ६ लाख ९ हजार १५ रुपैयाँ, बैठक तथा अतिथि सत्कार खर्च १ लाख ८८ हजार ७ सय ४७ रुपैयाँ, यातायात खर्च २ लाख ४ हजार ३ सय ९० रुपैयाँ, प्रेमबहादुरका परिवार खर्च ८ लाख ८० हजार ४ सय ६५ रुपैयाँ, स्रोत खोजी १ लाख ३३ हजार ९ सय रुपैयाँ, साउदीमा समन्वय खर्च ३ लाख २५ हजार रुपैयाँ,बिगो बापत रकम भुक्तानी ४३ लाख ३४ हजार १ सय ६ रुपैयाँ र बैंक ब्याज, कर तथा शुल्क ७ सय ८५ रुपैयाँ गरि जम्मा ६६ लाख ७६ हजार ४ सय ८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेको छ ।

समितिमा अब २५ लाख ३३ हजार ५ सय ४७ रुपैयाँ बचत रहेको र उक्त रकम कहाँ खर्च गर्ने भन्ने समितिको आगामी बैठकद्वारा निर्णय गरिने समितिका अर्थ विभाग प्रमुख अनिता तम्बुछाले जानकारी गराएकी छिन।
(समाचार साभार:-पत्रकार तथा प्रेम बचाउ अभियान कुवेतका सदस्य कोश राज राइ, जो नेपालमा छुट्टीमा रहदा प्रेम बचाउ अभियान मुलद्वारा आयोजित पत्रकार सम्मेलनमा उपस्थित थिए।)


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...