Sunday 26th July 2026
Top
Image

तितोपाटी- १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने एथलेटिक्सकी खेलाडी बन्द प्रशिक्षणबाट भागेकी छन् । विभागीय टिम आर्मीबाट खेल्दै आएकी खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर विदे्श गएको एथलेटिक्सका प्रशिक्षक चन्द गुरुङले खुलाएका छन् ।सागको मुखैमा मेडल ल्याउने सम्भावना भएकी खेलाडी भाग्दा नेपाली एथलेटिक्सले घाटा हुनसक्ने प्रशिक्षक गुरुङले बताए ।…

Image

बिनोद देवकोटा- गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरे। केही मन्त्री थपिए भने केहीको जिम्मेवारी हेरफेर गरियो। सत्तारुढ नेकपाकै मन्त्रीहरुको जिम्मेवारी हेरफेरलाई स्वभाविकरुपमा लिइए पनि सत्ता साझेदार समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवम स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पनि जिम्मेवारी हेरफेर गरियो। उनी स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगे। समाजवादी…

Image

तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते हुने उद्‌घाटन समारोहमा नेपालको झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस भएको छ। सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको हो।काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको…

Image

तितोपाटी -  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अहिले  बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्ग प्रसाद ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको बताएको छ । मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको थियो। अहिले प्रधानमन्त्री ओली केहि पाइला हिड्न सक्ने भएकाछन्। अस्पताल श्रोतले…

Image

तितोपाटी- बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानी बजार नजिकैको घुम्तीमा सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस  दुर्घटना भएको थियो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै मृत्यु भएको…

Image

तितोपाटी - निजी मेडिकल कलेज सञ्चालकहरू एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न तयार भएका छन्। शिक्षा मन्त्रालयमा मंगलबार मध्यरात सम्पन्न वार्तामा निजी मेडिकल कलेज सञ्चालकहरूले उक्त सहमति जनाएका हुन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको उक्त वार्ताले दुईवटा निर्णय गरेको छ। पहिलो निर्णयमा एमबिबिएस र बिडिएसका लागि…

Image

काठमाडौं -प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले दोस्रो विज्ञप्ति सार्वजनिक गरेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ ७ : ३० बजे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गरेको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ ।सम्माननीय…

Image

हरि कृष्ण न्यौपाने - कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ।नोभेम्बर २४,२०१९ आइतबार बिहान मेघाङ गाउँपालिका वडा नं ६ नुवाकोटका प्रजय तामाङको मृत्यु भएको हो। नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा राहदानी नं-०८३४००३२ का २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा मृत्यु भएको थियो। लगभग २ बर्षदेखी कुवेतलाइ…

Image

नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो। नक्सा तयार पारिएको विधिबारे जानकारी दिँदै अभियान्ता प्रा.डा.नरेन्द्रराज खनालले वैज्ञानिक र विज्ञको रायका आधारमा नयाँ राजनीतिक नक्सा तयार पारिएको बताए। ‘डिजीटल एलिभेसन मोडेलबाट रेखाङ्कन…

Image

तितोपाटी - श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरूका लागि वैदेशिक रोजगार विभागले इ-टोकन र म्यासेजिङ सेवा शुरू गर्ने भएको छ । विभागले यस अघि नै इ-स्टीकर सेवा शुरू गरि सकेको छ भने इ-टोकन र म्यासेजिङ सेवा यही मङ्सिर १५ गतेदेखि शुरू हुने बताइएको छ । इ-टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम…