Sunday 25th October 2026

नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो, थप १४ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारी कोभिड – 19 संक्रमितको संख्या नेपालमा ४४ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४४२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४०४ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २७१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १३५४ जना कोरोना जितेर घर फर्केका छन् भने १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल २५५६१ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमा ४ महिला र १० पुरूष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ४५ हजार ४सय ९० जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना रहेका छन् भने आइसियुमा १५१ जना र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७४६२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १०९४२ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ६५ लाख २ हजार भन्दा बढि संक्रमित भइ १ करोड ८६ लाख ८४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ७३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समयको निर्वासनपछि स्वदेश फर्किएकी छन्। उनले…

धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार…

दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आज राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ। चुनावमा वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र…

प्रतिकृयाहरू
...