Sunday 4th October 2026

बागलुङको ढोरपाटनमा बाढीपहिरो, कम्तिमा ११ को मृत्यु, दर्जनाै बेपत्ता


तितोपाटी – बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा अविरल वर्षा सँगै बुधबार राती आएको बाढीले कम्तिमा ११ जनाको मृत्यु भएको छ भने दर्जनाै मानिसहरू बेपत्ता भएका छन् भने दर्जनाै घरहरू बगाएका छन् । उक्त नगरपालिकाको वडा नम्बर-१ देखि वडा नम्बर-९ सम्म छुने ठाडो खोलामा बाढी आएकाले कहाँ कहाँ क्षति भएको भनी यकिन गर्न नसकिए पनि विवरण आउने क्रम जारी छ ।

भुजीखोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । बुर्तिबाङ्गका प्रहरीका अनुसार ११ शब मध्ये ८ पुरुष र ३ महिला रहेका छन् ।

१ देखि वडा नम्बर ९ सम्म छुने ठाडो खोला भएकाले पनि उद्धारमा कठिनाई भएको भण्डारीले बताउनुभयो । बाढीमा पुरिएको अवस्थामा भेटाउन सकिने भएपनि खोला बगाएको अवस्थामा शव भेटाउन समेत मुस्किल हुने देखिएको जानकारी दिनुभयो।

अरिवरल वर्षासँगै गएराती मध्यरातमा आएको बाढीले ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपंधेरा, सुकेलदुम, लाँकुरीबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ । सो क्षेत्रमा आएको बाढीले केही साना जलविद्युत आयोजनाको विद्युत गृह, झोलुङ्गे पुल र विद्यालय पनि बगाएको बताइएको छ। यकिन नभए पनि तटीय क्षेत्रका झण्डै ३० घर बगाएको अनुमान गरिएको छ ।

अहिले स्थानीयबासी, नेपाल प्रहरी एवं नेपाली सेनाको टोली उद्धारमा लागेको बताइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्।…

रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको…

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

प्रतिकृयाहरू
...