Sunday 4th October 2026

नेपालमा एकै दिन १२२८ संक्रमित थपिए, ९१७ जना डिस्चार्ज, थप ६ को मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४२८७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४१३ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५७ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा ४४५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना जितेर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल २४२०७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेहरूमारूपन्देहीमा दुई जना र चितवन, भक्तपुर, तनहुँ र सिन्धुपाल्चोकमा एक-‍एक जना गरी मृतकमध्ये चार महिला र दुई पुरुष रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म देशभर पीसीआर विधिबाट ७ लाख ३१ हजार ८ सय ५२ जनाको परीक्षण भएको  छ । हाल क्वारेन्टाइनमा ६ हजार ७ सय ४९ जना रहेका छन् भने आइसियुमा १४१ जना र भेन्टिलेटरमा १७ जना उपचाररत रहेका छन् । होम आइसोलेसनमा ७७४२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १०६७१ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ६२ लाख १२ हजार भन्दा बढि संक्रमित भइ १ करोड ८४ लाख ७७ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख ६८ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...