Saturday 26th September 2026

कुवेतबाट ह्विलचेयरमै फर्किए प्रमोद सदाई (भिडियो सहित)


हरि कृष्ण न्यौपाने -कुवेतमा करिब २ बर्ष अघि सकुशल काम गर्न आएका सर्लाही, भगवानपुर-४ का प्रमोद कुमार सदाई पुरै ढाड भाच्चिएर र दुई वटै खुट्टा राम्रो संग नचल्ने अबस्थामा ह्विलचेयरमा घर फर्किएका छन । उनलाई नेपाली राजदूतावास कुवेतले कम्पनी र परिवारसंग समन्वय गराएर आज सेप्टेम्बर ०५,२०२० को जजिरा एयरको उडान मार्फत स्वदेश फर्काइएको हो।प्रमोदलाई लुम्बिनी समाज कुवेतका पूर्ब अध्यक्ष रुपेन्द्र बिक्रम हमालले दुताबासमै गएर ब्यक्तिगत रुपमा ०४ सेप्टेम्बर,२०२० बेलुकी ह्विलचेयर सहयोग गरेका थिए।

९ मेई २०२० का दिन नचिनेको मान्छेले कम्पनीको आबासको चौथो तल्लाको झ्यालबाट फालिदिए पछि प्रमोदलाइ कुवेत प्रहरीले कुवेतको आदान अस्पतालमा भर्ना गरेको अस्पतालको रेकर्डमा देखिन्छ। उनको ढाडको मेरुदण्ड पुरै भाच्चिएको र त्यसकै कारणले आधा प्यारलाइसिस भएको डाक्टरको भनाइ छ। उनको उपचारमा संलग्न डाक्टरले भने”अस्पताल ल्याउँदा बेहोस अबस्थामा रहेका प्रमोदको स्वास्थ्यमा हामीले सके सम्म उपचार गरिरहेका छौ। उनको ढाडको शल्यकृया सफल भयो तर ढाडको मेरुदण्ड नै भाच्चिएको कारण खुट्टाहरु राम्रो चल्दैन अब उनलाइ नेपाल पुर्याएर थेरापी गर्दा क्रमिक सुधार आउँछ भन्ने हाम्रो अनुमान छ।”

प्रमोद घटनाको बारे आफू अनभिज्ञ रहेको बताउदै भन्छन” म रातीको १/२ बजे झ्याल खोलेर मोबाइल चलाएर उभिएको थिए।धेरै जना कम्पनीको क्याम्पको एउटै फ्लायाटमा सुत्ने भएकोले ढोका बन्द गर्ने गरिएको थिएन।मास्क लगाएको मान्छे आएर मलाई एक्कासि झ्यालबाट फालिदिएको मात्र थाहा छ, त्यस पछि के भयो मलाई केही थाहा छैन।” उनी थप्छन , “अस्पताल ल्याएको करिब एक महिना पछि होस आउँदा आफुलाई यस्तो अबस्थामा पाएँ । म संग कसैको दुस्मनी थिएन तर खोइ म गरिबलाई पीडा माथी पीडा थपियो।” उनले गम्भीर हुँदै भने श्रीमती, ३ जना बच्चाहरु, बुबा-आमा लगायतको हेरचाहा गर्ने म आफै यस्तो अबस्थामा फर्किदै छु । सम्पतीको नाममा बस्ने घडेरी सम्म छैन, कसरी गुजारा चलाउने होला।”

यता निरन्तरको प्रयासका कारण कम्पनी र परिवार संग समन्वय गरेर प्रमोदलाई चार महिना अस्पताल राखेर उपचार गरि घर पठाउन सफल भएको नेपाली राजदूतावासले जनाएको छ।दूतावासका अनुसार कम्पनीले नै घर सम्म जाने टिकट र उपचार खर्च ब्यहोरोको छ। नेपाल पुग्दा सम्म दुई जना नेपालीहरुले उडान अबधिभर रेखदेख गर्ने र प्रमोदको परिवारका सदस्यहरु एम्बुलेन्स लिएर नेपाल एयरपोर्टमा लिन आउने ब्यबस्था मिलाइएको छ।

नेपालको मुसहर समुदायका प्रमोद कुमार सदाईलाई जस्तो वैदेशिक रोजगारिको क्रममा हुने घटना र दुर्घटनाहरुबाट अंग-भंग हुनेहरुलाई नेपाल सरकारले क्षतिपूर्ति र उपचार तथा आर्थिक सहयोगको ब्यबस्था गरोस र कुनै पनि श्रमिक दाजुभाइ-दिदीबहिनीहरुले यस्तो अबस्थाको सामना गर्न नपरोस।

(पीडित प्रमोद सदाई संग केही समय पहिले अस्पतालमै गएर लेखकले गरेको कुराकानीको सानो भिडियो क्लिप )


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...