Saturday 3rd October 2026
राम्रो नेपाल
Image

नेपाली राजदूतावास कुवेतले श्रम मागपत्र (Demand Letter) प्रमाणीकरण प्रक्रियामा संशोधन गरिएको जानकारी दिँदै १ अक्टोबर २०२६ देखि नयाँ ढाँचा अनिवार्य रूपमा लागू हुने जनाएको छ। दूतावासद्वारा जारी सूचनाअनुसार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम नेपाली श्रमिकका लागि पेश गरिने श्रम मागपत्रमा अब कामदारले गर्ने कामको…

Image

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चका संयोजक युवराज गैरेका अनुसार उक्त रकम कुवेतस्थित नेपाली राजदूतावासमार्फत बाढी पीडित राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत…

Image

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान तथा धार्मिक कर्म गरिन्छ। हिन्दु परम्परामा श्राद्धलाई पूर्वजप्रति श्रद्धा, कृतज्ञता र सम्मान व्यक्त गर्ने संस्कारका रूपमा लिइन्छ। शास्त्रअनुसार श्रद्धापूर्वक गरिने श्राद्धबाट पितृहरूको तृप्ति हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि…

Image

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री शाहले चार साताअघि आएको बाढीलाई “हिमालयन सुनामी” को संज्ञा दिँदै यसलाई नेपाल मात्र नभई विश्वका लागि चेतावनी भएको बताए। बाढीमा कम्तीमा १,४०० जनाको मृत्यु भएको…

Image

सुनसरीकी पवित्रा खड्का र मोहनकुमार चौधरीबीच पशुपतिनाथ मन्दिरमा भएको विवाहलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएको छ। सर्वोच्चले विवाह मान्य हुन भव्य उत्सव, समारोह वा परम्परागत विधि अनिवार्य नपर्ने व्याख्या गरेको छ। कुनै पुरुष र महिलाले एकअर्कालाई पति-पत्नीका रूपमा स्वीकार गरी सँगै जीवनयापन गरेमा पनि विवाह भएको मान्न सकिने अदालतको ठहर…

Image

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयास झन् सशक्त बन्दै गएको बताएका छन्। उनले विकासका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, योग्यता आधारित नियुक्ति र…

Image

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण गाउँहरू, सडक, पुल र जलविद्युत् आयोजना तहसनहस भएका छन्। नेपाल सरकारले बाढीपछिको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि करिब ४.७८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ।…

Image

गरिबको घरमात्र देख्नेहरूलाई भनिदेऊ, खोलाको धारमाथि बनेका महल पनि हेरिदेऊ। सरकारी जमिन ओगटेर बसेका बस्तीलाई, नियमको ऐना देखाई सत्यको मुख हेरिदेऊ। हिजोको घाउ देखाएर आजलाई दोष दिनेहरू, आफ्नै इतिहासको पाना पल्टाई हेरिदेऊ। बाढीले बगाएको घरको पीडा बुझ्नैपर्छ, राहत लिएर पुगेका ती हात पनि हेरिदेऊ। कमजोरी भेटिए प्रश्न गर, औँला पनि…

Image

जन-जागृति युवा समाज कुवेतले नेपालमा हालै आएको विनाशकारी विपत्तिबाट प्रभावित भोटेकोशी क्षेत्रका बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रु १ लाख ३९ हजार १४० रुपैयाँ ३५ पैसा प्रधानमन्त्री दैवीप्रकोप तथा राहत उद्धार कोषमा जम्मा गरेको छ। संस्थाको आज मिति २०८३ भदौ १९ गते शुक्रबार बसेको नियमित मासिक बैठकले…

Image

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयको बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता, प्रहरी कल्याण कोषबाट लिएको ऋण मिनाहा तथा सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो। साथै, परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक…