Sunday 25th October 2026

८० वर्षीय लुला चौथो कार्यकालको लागि ब्राजिलको राष्ट्रपतिमा प्रतिस्पर्धा गर्दै


ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष पुग्न लागेका लुलाले यसअघि यो आफ्नो अन्तिम चुनाव हुने बताएका छन्।

अक्टोबर ४ मा हुने चुनावमा उनको मुख्य प्रतिस्पर्धा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोसँग छ। हालको मत सर्वेक्षणमा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

गरिब परिवारबाट आएका लुलाले श्रमिक आन्दोलनबाट राजनीति सुरु गरेका थिए। उनको अघिल्लो कार्यकालमा गरिबी घटाउने र सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्ने कामको प्रशंसा गरिएको थियो। तर भ्रष्टाचारका आरोप र आर्थिक चुनौतीका कारण आलोचना पनि सामना गर्नुपरेको छ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...